coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

निर्दोष नगरिकको हत्या रोक्न सिरीयीली सरकारलाई राष्ट्रसंघको आग्रह

न्युयोर्कमा – निर्दोष नगरिकको हत्या तत्काल रोक्न सिरीयीली सरकारलाई राष्ट्रसंघले आग्रह गरेको छ।

अमेरिकाको  न्युयोर्कमा  सुरु भएको राष्ट्रसंघको महासभाको उद्घाटन समारोहलाई सस्बोधन गर्दै राष्ट्रसंघका महासचिव वान की मुनले सिरीयमा जारी गृहयुद्धका कारण लाखौँ निर्दोष नागरिकले ज्यान गुमाएको भन्दै यस्तो कार्य तत्काल रोब्न आग्रह गरेका हुन्।

मुनले भने ‘ सिरीयामा विगत पाँच वर्ष देखि गृहयुद्ध जारी छ र यस क्रममा लाखौँ निर्दोष मानिसले ज्यान गुमाएका छन् , यसको जिम्मा सिरीयाली राष्ट्रपति बसल अल असदले लिनु पर्दछ।

त्यस्तै महासभालाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति बाराक ओबामाले विश्वका सबै राष्ट्रले आफ्नो स्वार्थ भन्दा माथी उठेर एकजुट भई अघि बढ्न आवश्यक रहेको बताए।  उनले हाल विश्वको प्रमुख चुनौती र समस्या भनेको आतंकवाद तथा शरणार्थी समस्या रहेको भन्दै यसका लागि एकजुट भई अगाडि बढ्नु पर्ने बताए।

 

 

प्रकाशित: ५ आश्विन २०७३ ०९:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App