८ वैशाख २०८१ शनिबार
अर्थ

रसुवाका दुई पुल समय अघि पूरा

काठमाडौं – निर्माण व्यवसायीले समयमै काम सम्पन्न नगरेको आरोप लागेका बेला रसुवा कन्सट्रक्सनले भने समय अघि आयोजना पूरा गरेको छ।

यो कम्पनीले सिन्धुलीको मरिन खोलामा ठेक्का लिएको पुलकोनिर्माण सम्झौता भन्दा डेढ बर्ष अधिनै सम्पन्न गरि सरकारलाई हस्तान्तरण गरेकोहो । यस्तै कंम्पनीले सिन्धुलीकै कमला र रातु नदिमा निर्माणाधिन पुलको पनि ठेक्का सम्झौता अबधि भन्दा झण्डै डेढ वर्षअघिनै निर्माण सम्पन्नगरी सरकारलाई हस्तान्तरण गर्ने तयारी गरेको छ।

कम्पनीका अनुसार कमलामा निर्माण गरिएको पुल गत साउन महिनाबाट संञ्चालनमा आइसकेको छ भने रातु पुल दशै लगतै संञ्चालनमा आउँदैछ। दुबै पुलको औपचारिक उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार लगतै गर्ने कार्यक्रम छ। मरिन खोलाको पुलको गत महिना पूर्व प्रधानमन्त्री पुष्प कमल दहालले गरेका थिए।

झण्डै ४५ बर्ष अघि देखि कंम्पनीका अघ्यक्ष राजेन्द्रराज आचार्यलेआफ्नो कम्पनीको मुख्य उद्देश्य निर्धारित समय भित्रै गुणस्तरिय निर्माण सम्पन्न गर्नु रहेको बताए । आचार्यले ४५ वर्षको आफ्नो अबधिमा निर्माण गरेका कुनै पनि आयोजनाको गुणस्तरमा कुनै गुनासो नरहेको दावी गरे।

प्रकाशित: २४ आश्विन २०७५ ०४:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App