अख्तियारको स्ट्रिङ अप्रेसन

पाँच लाख घुससहित सह न्यायाधिवक्ता पक्राउ

बुधबार, २४ असोज २०७५, १० : २६ विशन क्षेत्री

पोखरा – सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा सरकारी वकिलको कार्यालय कास्कीका सह न्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा पक्राउ परेका छन्। थापालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले कार्यालयबाटै रंगेहात पक्रिएको हो।

बुधबार नै अख्तियार पोखराको कार्यालय शिलान्यास कार्यक्रम पनि आयोजना गरिएको थियो र त्यसको प्रमुख अतिथी थिए, अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरे। उनै घिमिरेले सुशासन कायम गर्न कर्मचारीहरूले भ्रष्टाचार गर्न नहुने बताउँदै गर्दा सह न्यायाधिवक्ता ठुलो रकम सहित पक्राउ परेका हुन्।

अख्तियारका क्षेत्रीय प्रवक्ता रमेश ढकालका अनुसार उनलाई पाँच लाख रुपैयाँ नगदसहित पक्राउ गरिएको हो। ठगी मुद्धालाई सर्वोच्चमा पुनरावेदन नगराउने प्रलोभन देखाएर उनले घुस मागेका थिए।

कार्यालयमै घुस लिने गरेको सूचनाका आधारमा अख्तियारको टोली पुग्दा थापा रकम सहित पक्राउ परेका हुन् । कार्यालय समय सुरु हुनुभन्दा अगाडि नै कार्यालय गएपछि थापालाई अख्तियारले पछ्याएको थियो। थापा अहिले अख्तियारको नियन्त्रणमा छन्।

यस्तै, अख्तियारले मंगलबार मालपोत कार्यालय पोखराबाट ५० हजार नगद घुस सहित दुई जनालाई पक्राउ गरेको छ। मालपोत अधिकृत ख्याम नारायण पौडेल र खरिदार संजय शर्मालाई ५० हजार घुस सहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।






यसमा तपाईको मत

अन्य समाचार

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजू अटोवर्कसले मंसिर २ बाट महिन्द्रा फोर ह्वील गाडीहरुका लागि “महिन्द्रा...

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

प्रथम सूर्याेदय नगर पर्यटन महोत्सव २०७६ आयोजना हुने भएको छ । इलामको सूर्याेदय नगरपालिकाको आयोजनामा मंसिर १४ देखि १८ सम्म...

जनताको निक्षेपमा खेलबाड नगर्नुस्: अर्थमन्त्री खतिवडा

जनताको निक्षेपमा खेलबाड नगर्नुस्: अर्थमन्त्री खतिवडा

अर्थमन्त्री युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थालाई सर्वसाधारणको निक्षेपमा खेलवाड नगर्न आदेश दिएका छन् । ...

कटारीमा यामाहाको नयाँ सोरुम

कटारीमा यामाहाको नयाँ सोरुम

सहरमा बढ्दै गरेको यामाहा बाइकको उच्च मागलाई पूरा गर्ने उद्देश्यका साथ यामाहाले कटारीमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । ...

चन्द्रागिरि हिल्स रिसोर्टलाई अन्तर्राष्ट्रिय अवार्ड

चन्द्रागिरि हिल्स रिसोर्टलाई अन्तर्राष्ट्रिय अवार्ड

चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्टलाई यस वर्षको ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एन्ड ट्राभल अवार्ड २०१९’ प्रदान गरिएको छ । ...

सुजुकीको ‘एस–प्रेसो’ अब नेपालमा

सुजुकीको ‘एस–प्रेसो’ अब नेपालमा

नेपालका लागि सुजुकी ‘फोर–ह्विलर’ तथा सिजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा बहुप्रतिक्षित मिनी एसयुभी ‘एस–प्रेसो’, ‘माई फस्र्ट एसयुभी’...

मोटोरोलाको नयाँ र अभिनव रेजर स्मार्टफोन

मोटोरोलाको नयाँ र अभिनव रेजर स्मार्टफोन

पुरानो रेजर फोन कै डिजाइनमा आधारित भएर यस नयाँ डिजाइनलाई निर्माण गरिएको छ ...

Ncell Footer Ad