coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

बिजी मलमा अफर

काठमाडौं – नयाँ बसपार्कमा रहेको बिजी मलले दसैं–तिहार लक्षित उपहार योजना सुरु गरेको छ । ग्राहकलाई सुपथ मूल्यमा उपभोग्य वस्तु उपलब्ध गराउन सञ्चालन गरेको योजनामा हात खाली नजाने उपहार राखिएको छ।

फ्यान्टास्टिक दसैं–तिहार, हरेक दिन उपहार योजनाबाट सेवाग्राहीले कुनै न कुनै उपहार पाउने मलले जनाएको छ । चाडपर्वका बेला अधिकांशले सपिङ गर्ने भएकाले उनीहरुलाई कुनै न कुनै उपहारसहित सामान उपलब्ध गराउन योजना सुरु गरिएको मलका निर्देशक राजु गिरीले बताए।

उपहार योजनामा सहभागी हुन ग्राहकले कम्तीमा एक हजार रुपैयाँको सामान खरिद गर्नु पर्नेछ । सामान खरिद गरेपछि ग्राहकले पाउने उपहार कुपनका आधारमा दैनिक, साप्ताहिक तथा बम्पर उपहारको घोषणा गरिने गिरीले जानकारी दिए।
यो अफर अन्तर्गत दैनिक रुपमा स्मार्टफोन, हजार रुपैयाँ नगद छुट, खाजा तथा अन्य उपहार प्राप्त गर्न सक्ने छन् । त्यसैगरी, साप्ताहिक रुपमा ३२ इन्चको सिजी टेलिभिजन, सिजी वासिङ मेसिन, र सिजी साउन्ड बार पनि उपहारको रुपमा पाउन सक्छन्।

बम्पर उपहारका रुपमा ग्राहकमध्येबाट १–१ जनाले टिभिएसको अपाचे मोटरसाइकल, टिभिएसकै जुपिटर स्कुटर तथा चार रात पाँच दिनको बैंकक ट्रिपको अवसर पाउने छन् । उपहार योजना कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ।
 

प्रकाशित: २४ आश्विन २०७५ ०४:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App