coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘मास हिस्टोरिय’ प्रभाबितलाई मनोसामाजिक परामर्श

खोटाङ– खोटाङको हौंचुरस्थित शारदा माबिका ‘मास हिस्टोरिय’ प्रभाबित छात्रा र अभिभाबकलाई मनोसामाजिक परामर्श प्रदान गरिएको छ। मास हिस्टोरियाका कारण विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएपछि राष्ट्रिय मानव अधिकार आयोगको उपक्षेत्रीय कार्यालय दिक्तेलले हौंचुर पुगेर प्रभाबित छात्रा तथा उनीहरुका अभिभाबकलाई मनोसामाजिक परामर्श प्रदान गरेको हो। गत असार दोश्रो सातादेखि छात्रामा देखिएको मास हिस्टोरिया नियन्त्रण हुनुको सट्टा बढ्दै गएपछि आयोगको अगुवाईमा स्थानीय स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी, प्रधानाध्यपक, शिक्षक, व्यवस्थापन समिति लगायतको टोलीले गाउँ–गाउँ डुलेर प्रभाबित परिवारलाई भेट गरी ‘काउन्सिलिङ’का काम गरेको छ ।

मनोसामाजिक परामर्श प्रदान गरेर प्रभाबित छात्रा र अभिभाबकको मनोबल बलियो बनाउँदै मास हिस्टोरिया न्यूनीकरणका लागि भदौ–३० गते हौंचुर पुगेको आयोगका प्रमुख दिपक घिमिरे र लोकनाथ घिमिरे मंगलबार दिक्तेल फर्किएको छ । प्रभाबित छात्रा र उसका अभिभाबकलाई अलग–अलग राखेर छलफल तथा परामर्श प्रदान गरिएको आयोगले जनाएको छ । प्रभाबित छात्रालाई परामर्शबाहेक विद्यालयमा ल्याएर मनोरञ्जनपूर्ण खेल खेलाउनुका साथै ‘क्लास’ लिइएको आयोगका लोकनाथ घिमिरेले बताए । ‘काउन्सिलिङ’का काम गर्नुअघि बोलाईएको बैठकमा अधिकांश अभिभाबकले विद्यालयमा ढोलढ्यांग्रो ठटाएर धामी बसाउनुपर्ने धारणा राखेको घिमिरेले जनाए ।

‘मनोसामाजिक परामर्शकालागि प्रभाबित छात्राका अभिभाबकलाई बोलाएका थियौँ,’ घिमिरेले भने, ‘धेरैजसो अभिभाबक धामी बसाउनुपर्ने पक्षमा देखिएपनि सम्झाईबुझाई गर्नुपर्छ भन्नेमा उहाँहरुलाई सहमतीमा ल्यायौँ ।’ कक्षा–६ माथिका छात्रामा बेहोस भएर ढल्ने, रुने, कराउने, जथाभावी दौडने, चिच्याउने लगायतका लक्षण देखिएपछि पठन–पाठन विद्यालयको प्रभावित भएको छ । छात्रामा मात्र देखिएको समस्या नियन्त्रण नभएपछि गत आईतबारदेखि शुक्रबारसम्मकालागि बिद्यालय बन्द गरिएको प्रधानाध्यपक रामकुमार बरुवालले बताए । मनोसामाजिक परामर्श प्रदान गर्नुको सट्टा भूतप्रेत भएकाले बिद्यालयमा धामी बोलाएर चिन्ता राख्न दवाब आउन थालेपछि विद्यालय बन्द गरिएको हो ।

लामो समयसम्म पनि छात्रामा देखिएको समस्या हल भएन,’ बरुवालले भने, ‘भूतप्रेत लागेकाले बिद्यालयमै धामी बसाउन दवाव आउन थालेपछि केही दिनकालागि बिद्यालय बन्द गर्नु परेको हो ।’ समस्या बल्झिएपछि बिद्यालयमै धामी बोलाएर झारफुक गर्न भने लगाइएको थियो । सुरुमा कक्षा–१० मा अध्ययनरत दुई छात्रामा देखिएको समस्याले दैनिकजसो २२/२३ जान छात्रा बिरामी पर्न थालेपछि अभिभाबककै आग्रहमा बिद्यालय बन्दा गरिएको जनाइएको छ । यसअघि २०६०/०६१ मा सो बिद्यालयका छात्रामै देखिएको मास हिस्टोरिया महिना दिनपछि आफै नियन्त्रण भएको थियो ।

प्रकाशित: ५ आश्विन २०७३ ०८:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App