८ वैशाख २०८१ शनिबार
समाज

शिवरात्री गुथिलाई सिरपा पुरस्कार

भक्तपुर – टेखाच्व टोलस्थित पुलांसः शिवरात्री गुथिले यसवर्षको ‘भाजुवीर सिरपा’ पुरस्कार पाएको छ । पुरस्कारको राशि ५० हजार छ । काठमाडौं उपत्यकामा लोपोन्मुख बाजा जोगाउने उद्देश्यले भाजुवीर सिरपा उपसमितिले आयोजना गरेको प्रतियोगितामा गुथिका लक्ष्मीप्रसाद मानन्धरले पच्छिमा बाजा बजाएर पुरस्कार जितेका हुन्।

प्रतियोगितामा ३० हजार नगद राशिसहित थिमिको सिवाः सायमि खलः दोस्रो तथा २० हजार नगद राशिसहित भक्तपुरकै साःकोलान शिवरात्री गुथि तेस्रो भए । खलःका तर्फबाट नजरमान मानन्धर र गुथिका तर्फबाट विष्णुबहादुर मानन्धरले बाजा बजाएका थिए।

पूर्वसांसद तथा पुरस्कारका दाता लक्ष्मीदास मानन्धरले पच्छिमा, नगरा, डबडब, कोंचाखि, धाःबाजा, खिं बाजा, ताः, ख्वालीमाली, म्वाय्ली, बाँसुरी तथा अन्य मौलिक बाजा संरक्षण गर्न २०४३ सालदेखि आफ्नो बाजेको सम्झनामा अक्षयकोष स्थापना गरी प्रतियोगिता आयोजना हुँदै आएको छ।

प्रतियोगितामा काठमाडौंका चस्वाँद्व मानन्धर सनागू खलः, पाक्व पुखुद्याः मानन्धर सनाः खलः, थँहिटी मानन्धर गुथि, साँखुको सक्व मानन्धर गुथि, भक्तपुरको पुलांसः शिवरात्री गुथि, तापालाछी, साःकोलान शिवरात्री गुथि, बनेपाको वाङख्यो दाफा भजन खलः, मध्यपुरको थिमि मानन्धर संघ, सिवाः साय्मि खलः लगायत १० टोलीको सहभागिता थियो।

प्रकाशित: २४ आश्विन २०७५ ०२:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App