१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बसबाट खसेर सहचालकको मृत्यु

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरमा बसबाट खस्दा बसका सहचालकको मृत्यु भएको छ । बागबजारबाट सरस्वतीखेल चल्ने बा४ख ३१९१ नं को गुडिरहेको बसको पछाडिको भर्याङबाट खस्दा २०–२२ वर्षका सहचालकको मृत्यु भएको हो।

सो घटना सोमबार गठ्ठाघरको अर्बिट स्कूल अगाडि भएको प्रहरीले जनाएको छ । मृतक सहचालकको पहिचान खुल्न सकेको छैन । सहचालकका बारेमा बसचालक सुन्दर कर्माचार्यलाई पनि खासै जानकारी नभएको प्रहरीले बताएको छ । कर्माचार्यलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

प्रकाशित: २४ आश्विन २०७५ ०२:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App