६ वैशाख २०८१ बिहीबार
समाज

न्यूनचापीय प्रभावले वर्षा, शुक्रबारदेखि माैसम सुधार

काठमाडौँ– देशको मध्य र पूर्वी भेगमा न्यूनचापीय क्षेत्रको प्रभावका कारण वर्षा भइरहेकाे छ। उक्त प्रणालीको असरस्वरुप मौसम बद्ली भई मध्य र पूर्वका अधिकांश भेगमा वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पूर्वमा न्यूनचापीय क्षेत्र र मध्यमा न्यूनचापीय रेखाको प्रभावले बद्लीसँगै वर्षात् भएको मौसमविद् विभूति पोखरेलले जानकारी दिए। उनका अनुसार पश्चिम भेगका केही स्थानमा वर्षात् भएको छ, भने सुदूरपश्चिममा कुनै प्रभाव छैन। मङ्गलबार रातिदेखि सुरु भएको यो प्रणाली बिहीबार साँझसम्म जारी रहने र शुक्रबारदेखि मौसममा सुधार आउने मौसमविद् पोखरेलले उल्लेख गरे।

महाशाखाको पछिल्लो विवरणअनुसार आज सबैभन्दा बढी ओखलढुङ्गामा ८२ मिलिमिटर वर्षात् भएको छ। विराटनगरमा २३, धनकुटामा २९, ताप्लेजुङमा ३७ काठमाडौँमा २४, भैरहवामा ३९ र नेपालगन्जमा ३४ मिलिमिटर वर्षा भएको छ।

बुधबार काठमाडौँ उपत्यकाको अधिकतम २९.५ र न्यूनतम १८.५ डिग्रीसेल्सियस रहेको महाशाखाले जनाएको छ । रासस

प्रकाशित: ५ आश्विन २०७३ ०८:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App