८ वैशाख २०८१ शनिबार
कला

आशिषको ‘पिरिम नलाउने’

काठमाडौं – आउँदै गरेको दसैँलाई लक्षित गर्दै ‘पिरिम नलाउने’ बोलको गीत सार्वजनिक भएको छ । आशिष सचिन र मेलिना राईको स्वर रहेको गीतलाई संगीतकार दीपक शर्माले कम्पोज गरेका हुन् ।  पछिल्लो समय फिल्म ’छक्का पञ्जा ३’ मा समावेश गीत पहिलो नम्बरमा मार्फत चर्चामा रहेका दीपकले गीतलाई फिल्मी शैलीमा कम्पोज गरेका छन् ।

गीतमा शब्द पनि उनकै रहेको छ । दसैँको माहोल झल्किने गीतको भिडियोमा गायक आशिष सचिनसँगै मोडेल बर्षा राउतले अभिनय गरेका छन् ।  आरोही एल्बममा समावेश गीतको भिडियोलाई सञ्चारकर्मी सुव्रत आचार्यले निर्देशन गरेका छन् । गीतको छायांकन उत्सव दाहालले गरेका हुन् भने यसको सम्पादन नविन निरौलाले गरेका हुन् ।  गीतमा दसैँमा गाउँ फर्किएको परदेशीको मायासँगको भेटलाई दर्साइएको गीतको कोरियोग्राफी गम्भीर बिस्टले गरेका हुन्।

प्रकाशित: २४ आश्विन २०७५ ००:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App