८ वैशाख २०८१ शनिबार
समाज

दशैंमा बाल मन्दिरको दशा (भिडियो)

काठमाडौं– नक्सालस्थित बाल मन्दिरका नवजात शिशुहरु कक्षा काेठामा तापक्रम सन्तुलित नहुँदा बिरामी पर्न थालेका छन्। भुइँचालो पछि बाल मन्दिरका नवजात शिशुहरु प्रिफ्याव भवनमा बस्दै आएका छन्। सो भवनमा तापक्रम सन्तुलित नहुँदा बिरामी पर्न थालेका हुन्।

नक्सालस्थित बाल मन्दिरमा १ महिनादेखि १ वर्ष सम्मका नवजात शिशु १५ जना छन् भने ११ जना १ देखि ५ वर्षसम्मका शिशुहरु छन्। अरु १६ वर्ष सम्मका बालिकाहरु छन्। सरकारले पुनर्निर्माणका लागि नक्सालस्थित बाल गृहलाई पहिलो प्राथमिकतामा राखे पनि अहिलेसम्म काम शुरू भएको छैन। अझै बाल मन्दिरलाई दिइँदै आएको रकममा यो पटक सरकारले ६० प्रतिशत कटौती गरेर झनै मारमा परेको बाल मन्दिरका निर्देशक बालकृष्ण डंगोलले बताए।

वि.स. २०२१ सालमा पूर्व बडामहारानी रत्नराज्य लक्ष्मीदेवी शाहको अध्यक्षतामा बाल मन्दिरको स्थापना भएको थियो। अहिले बाल मन्दिरको अध्यक्ष रिता सिंह छिन्। राणाकालिन इतिहास बोकेको दरवारमा बाल मन्दिर राखेको पनि ५४ वर्ष पुग्यो। विस २०७२  साल वैशाख १२ गते गएको भूकम्पले नक्सालस्थित बाल मन्दिर निकै थला प-यो। तीन वर्ष पुग्दा पनि बाल मन्दिर अझै पुरानो अवस्थामा फर्कन सकेको छैन। यहाँ अहिले ९३ बालबालिका बस्छन्। बाल मन्दिरको पुनर्निर्माण हुन कति समय लाग्ने हो अझै थाहा छैन।

प्रकाशित: २३ आश्विन २०७५ १४:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App