८ वैशाख २०८१ शनिबार
राजनीति

सुदूरपश्चिम प्रदेश सरकारमा एक राज्यमन्त्री थपिए

धनगढी- सात सदस्यीय मन्त्रिमण्डल रहेको सुदूरपश्चिम प्रदेश सरकारमा एक जना राज्यमन्त्री थपिएका छन्। कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ को कवाट प्रदेश सभा सदस्य निर्वाचित प्रकाश रावल राज्यमन्त्रीमा नियुक्त भएका हुन्। रावलले उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको सपथ लिएका हुन्। उनलाई मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टले पद तथा गोपनियताको सपथ गराए।

राज्यमन्त्री रावलले मंगलबार नै मन्त्रालयमा पदभार ग्रहण गरेका छन्। राज्यमन्त्री भएको मन्त्रालयमा बैतडीका मायादेवी भट्ट मन्त्री छिन्।

संसदको वर्षे अधिवेसन अन्त्य

सुदूरपश्चिम प्रदेश सभाको वर्षे अधिवेसन अन्त्य भएको छ। प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त संसद अधिवेशन अन्त्य भएको सम्बन्धी पत्र सभामुख अर्जुनबहादुर थापाले मंगलवार प्रदेश सभाको बैठकमा पढेर सुनाएसँगै अधिवेसन अन्त्य भएको हो।

गएको जेठ २ गते सुरु भएको वर्षे अधिवेसनभर ४७ दिनमा ५३ वटा बैठक बसेका सभामुख थापाले बैठकमा जानकारी गराए। साढे ६२ घण्टा बैठक संचालन भएका थिए। वर्षे अधिवेसनले महत्वपूर्ण १५ वटा विधेयक पारित गरेको र एउटा विधेयक समितिमा विचाराधिन अवस्थामा रहेको सभामुख थापाले बताए। स्थानीय तहको कानून निर्माण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, गाउँ तथा नगर सभा संचालन सम्बन्धि विधेयक, स्थानीय तहलाई वित्तिय हस्तान्तर गर्ने सम्बन्धी विधेयक, प्रदेश आकस्मिक कोष सम्बन्धी विधेयक आदि महत्वपूर्ण विधेयकहरु वर्षे अधिवेदनले पारित गरेको छ। यस्तै स्थानीय तहका पदाधिकारीको सेवा, सुविधा सम्बन्धि विधेयक, मुख्यमन्त्री तथा मन्त्रीहरु र प्रदेश सभाका पदाधिकारीको सेवा सुविधा सम्बन्धी विधेयक, अर्थ विधेयक, कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धि विधेयक पनि वर्षे अधिवेसनले पारित गरेको उनले बताए।

प्रदेशको नाम र राजधानी यही अधिवेसनले तोकेको छ। प्रदेशको नाम सुदूरपश्चिम र राजधानी कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ र ४ राख्ने प्रस्ताव संसदको दुई तिहाइले १२ असोजमा पारित गरेको थियो।

यस्तै गठन भएको सात महिनादेखि नेतृत्वविहिन संसदीय समितिको नेतृत्व पनि यहीं अधिवेसनले टुंग्याएको छ। संसदका चार वटै समितिको सभापति संसदले २१ असोजमा निर्विरोध चयन गरेको छ।

 

प्रकाशित: २३ आश्विन २०७५ १३:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App