८ वैशाख २०८१ शनिबार
समाज

सरकारी अनुगमन विरुद्ध व्यापारीको बजार बन्द

गाईघाट–इलाका प्रशासन कार्यालय कटारी र कटारी नगरपालिकाले कडाइका साथ दुई दिनदेखि निरन्तररुपमा बजार अनुगमन थालेपछि व्यापारीले त्यसका विरुद्ध बजार बन्द गरेका छन्।

बजार अनुगमनको क्रममा इलाका प्रशासन र नगरपालिकाले बजारका विभिन्न पसलबाट अखाद्य वस्तु बरामद गर्नुका साथै दर्तानै नगरी अवैध रुपमा सञ्चालन भएका केही पसल बन्द गराएपछि व्यापारी विरोधमा उत्रेका हुन्। कटारी उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्कर खड्काले प्रशासनले मनपरि बजार अनुगमन गरेर दुःख दिएको आरोप लगाए। 

यता इलाका प्रशासन कार्यालयका प्रमुख सुनिल पौडेलका अनुसार बजारका केही पसल दर्तानै नगरी, कर नतिरी मनपरि ढङ्गले सञ्चालन गरेको पाइएकोले त्यस्ता पसल बन्द गरिएको छ। कानूनी प्रक्रिया पुराएर सञ्चालन गर्न प्रशासनले भनेको र केही कालोबजारी गर्ने व्यापारीलाई सामान्य कारवाही प्रक्रिया अगाडि बढाइएको प्रशासन कार्यालय प्रमुख पौडेलले जानकारी दिए। स्थानीय उपभोक्ता कृष्ण कार्कीले प्रशासन र नगरपालिकाले ठीक काम गरेको प्रतिक्रिया दिए।रासस

 

प्रकाशित: २३ आश्विन २०७५ १२:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App