१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बालिका र किशोरीका समस्याबारे बहस हुने

काठमाडौं- सातौ अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा नेपालभरबाट ९ सय किशोरीहरुले आफ्नै सवालमा सामुदायिक रेडियोमा बहस गर्ने भएका छन्। यो वहस असोज २५ मा हुने छ। गल्र्स टेकओभर (किशोरीको नेतृत्व) मा हुने आधा घण्टाको बहसमूलक कार्यक्रममा किशोरीहरुले समुदायमा देखा परेका बालिका र किशोरीको समस्या तथा त्यसको न्युनिकरणका लागि आफ्नो नेतृत्वमा भइरहेका पहलबारे सम्वाद गर्ने लागेका हुन्।

गल्र्स टेकओभर अन्तर्गत ३ सय किशोरी एक दिन रेडियो प्रस्तोताको भूमिकामा रहनेछन् भने प्रत्येक सामुदायिक रेडियोमा २ जना किशोरी अभियन्ता कार्यक्रमको अतिथीको रुपमा बहसमा सहभागी हुनेछन्। समुदायमा बालबालिकाको हक हित एवं संरक्षण तथा बालिका एवं किशोरीहरुको जीवन परिवर्तन गर्न आफना् तवरबाट भूमिका निर्वाह गर्दै आएका किशोरीहरुले प्राप्त गरेका सफलता एवं सिकाइबारे कार्यक्रममा आदान प्रदान गरिने छ।

बालबालिकाको अधिकार र किशोरीको समानताका लागि क्रियाशील अन्तर्राष्ट्रिय गैरसरकारी संस्था प्लान इन्टरनेशनल नेपालको सहयोग तथा सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) को संयोजनमा देशभरका ३ सय रेडियोमार्फत् यो गल्र्स टेकओभर गर्न लागिएको हो।

प्लान इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक स्भेन कोपेन्सका अनुसार  गत वर्ष गरिएको गल्र्स टेकओभरले किशोरीहरुको क्षमता अभिवृद्धि भई आफ्नो सवाल उठाउन सक्षम देखिएकाले यो पटक पनि उनीहरुलाई नै समावेश गराएर रेडियो कार्यक्रम गर्न लागिएको हो। संसारभर प्लान इन्टरनेशनल कार्यरत देशहरुमा यो वर्ष किशोरीहरुले १००० वटा गल्स टेकओभर गर्दैछन्।

प्रकाशित: २३ आश्विन २०७५ ११:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App