coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
प्रवास

जापानमा मनाइयो संविधान दिवस

टोकियो— संघिय लोकतान्त्रिक गणतन्त्र नेपालले नयाँ संबिधान पाएको एक वर्ष पुगेको अवसरमा टोकियोमा संबिधान दिवस मनाइएको छ। टोकियोस्थित नेपाली दूतावासको आयोजनामा मंगलबार संबिधान दिवस मनाइएको हो।

दुवै देशको राष्ट्रियगान बजाएर सुरु भएको कार्यक्रममा जापानका लागि कार्यवाहक राजदूत कृष्णचन्द्र अर्यालले संबिधान दिवसको अवसरमा उपस्थित सबैलाई शुभकामना व्यक्त गरेका थिए।

राजदूत निवासमा आयोजित समारोहमा जापानका सांसदहरू, शिष्टाचार महापाल, जाइकाका दक्षिण एसिया क्षेत्रका निर्देशक, जेट्रोका निर्देशक जापानी प्रतिनिधि सहभागी थिए। कार्यक्रममा नेपाली समुदायको पनि बाक्लै उपस्थिति थियो।

दुवै देशको राष्ट्रियगान बजाएर सुरु भएको कार्यक्रममा जापानका लागि कार्यवाहक राजदूत कृष्णचन्द्र अर्यालले संबिधान दिवसको अवसरमा उपस्थित सबैलाई शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा माओबादी केन्द्रका नेताद्वय देब गुरुङ र लिलामणी पोखरेल पनि उपस्थित थिए। कार्यक्रम पश्चात् नागरिकन्यूजसँग कुरा गर्दै जापानका लागि कार्यवाहक राजदूत अर्यालले जापानीहरूको नेपालप्रति सद्भाव र प्रेम रहेको बताए।

प्रकाशित: ५ आश्विन २०७३ ०८:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App