१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रवास

सरकारलाई असफल हुने छुट छैन : नेता भट्टराई

टोकियो- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले बर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारलाई असफल हुने छुट नभएको बताएका छन्।

नेपाल पत्रकार महासंघ जापानले टोकियोमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता भट्टराईले बर्तमान सरकारले नै समृद्ध नेपालको परिकल्पनालाई साकार  बनाउने दाबी समेत गरे। उनले नेपालको वर्तमान कम्युनिष्ट सरकारलाई असफल बनाउन देशभित्र र देश बाहिरबाट विभिन्न शक्तिहरुले चलखेल गरेको पनि आरोप लगाए।

विभिन्न खालका षड्यन्त्रका बाबजुत होसियारीपुर्वक मूलूकको आर्थिक समृद्धिलाई प्रमुख एजेन्डा बनाएर सरकारले काम गरिरहेको उनको भनाई छ। अहिलेको सरकार असफल भए मूलूकको भविष्य अन्धारमा उनको बुझाई छ। नेता भट्टराईले बहुमतप्राप्त सरकार कुनै हालतमा असफल नहुने दावी गरे।

५ दिने भ्रमणको लागि जापान आएका नेता भट्टराईले  सरकारले सन् २०२० लाई पर्यटन वर्ष मनाउने घोषणा गरेकाले प्रवासमा रहने नेपालीहरुले सरकारको योजना सफल पार्न एक जना नेपालीले १० जना विदेशी नागरिकलाई नेपाल भ्रमणमा पठाउन आग्रह समेत गरे। फरक प्रसङगमा नेता भट्टराईले देशमा भएको हत्या र बलात्कारप्रति दु:ख ब्यक्त गर्दै दोषिलाई कानुनी कठघरामा ल्याउन नेपालको प्रहरी प्रशासन सक्षम रहेको बताए। साक्षात्कार कार्यक्रममा नेता भट्टराईले जापान भ्रमणका क्रममा आफुले सिकेका केही कुरा नेपालमाहरू कार्यन्वयन गराउन पहल गर्ने बताए। उनले जापानको सार्वजनिक बस सेवा,पूर्वाधार निर्माण आदिका बारेमा फिल्ड भिजीट गरेका थिए।
 

प्रकाशित: २३ आश्विन २०७५ ०९:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App