coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कर्णाली प्रदेशको संसद अवरुद्ध

सुर्खेत– करिव दुई महिनापछि मंगलबार सुरु भएको कर्णाली प्रदेशसभा बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरुद्ध गरेको छ। 

बजेट सार्वजनिक भएको चार महिनासम्म पनि रातो किताब उपलब्ध नगराएको र संसदलाई सरकारले विजनेस दिन नसेको भन्दै कांग्रेसले संसद अवरुद्ध गरेको हो। सभामुख राजबहादुर शाहीले संसद सुरु भएको जानकारी गराउँदै गर्दा सांसद दिनबन्धु श्रेष्ठले बोल्ने समय मागेका थिए।

 सो क्रममा सांसद श्रेष्ठले सरकारले संसदलाई बन्धक बनाउन खोजेको, बजेट सार्वजनिक भएको चार महिनासम्म पनि रातो किताब उपलब्ध नगराएको, संसदलाई विजनेस दिन नसकेको र मन्त्रीहरु भाषणमा मात्रै सिमित रहेको भन्दै आलोचना गरेका थिए। ‘सरकारकातर्फबाट मुख्यमन्त्रीले यि विषयहरुको जवाफ संसदमा नदिँदासम्म संसद चल्न दिँदैनौं,’ सांसद श्रेष्ठले भने।

प्रतिपक्षी सांसदको अवरोधपछि सभामुखले केही समयका लागि बैठक स्थगित गरेका छन् । 

 

प्रकाशित: २३ आश्विन २०७५ ०८:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App