६ वैशाख २०८१ बिहीबार
समाज

घटस्थापना कहिले गर्ने ? यस्तो छ शुभ साइत

काठमाडौं- नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यस वर्षको दसैँको शुभ साइत बिहान ९:५१ बजे रहेको छ। समितिका सचिव सूर्य ढुंगेलका अनुसार टिकाकै दिन बिहान ९ :३९ मा देवी विसर्जनको साइत रहेको छ। यस पटक दसैं कार्तिक २ गते परेको छ।

यस्तै घटस्थापनाको साइत बिहान ७ : १५ बजे रहेको छ। भोली बुधबार प्रतिपदादेखि नवरात्र सुरु हुँदैछ। नवरात्रको पहिलो दिन भोली (बुधबार) बिहान ७ बजेर १५ मिनेटमा घटस्थापना गर्न शुभ साइत रहेको समितिका सचिव ढुंगेलले बताए। यस पटक फूलपाली असोज ३० गते परेको छ भने महानवमी कार्तिक १ र विजया दशमी २ गते परेको छ।

प्रकाशित: २३ आश्विन २०७५ ०७:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App