८ वैशाख २०८१ शनिबार
समाज

मुसहरले पढ्ने भए कलेज

काठमाडौं–सुकुम्बासीको जीवन बाँचिरहेको मुसहर समुदायका विद्यार्थी उच्च शिक्षाकालागि कलेज पढ्ने भएका छन्। विभिन्न जिल्लाबाट गतवर्षको प्रवेशिका परीक्षामा उत्तीर्ण गरेको मुसहर समुदायका ९२ जना विद्यार्थीमध्ये ६१ जनालाई उच्च शिक्षा हासिल गर्नकालागि विभिन्न जिल्ला कलेजमा भर्ना गराइएको छ ।

समाजिक अभियानमा लागेका र मुसहरको विकासकालागि अभियानमा लागेका संस्था भोरका अध्यक्ष राजकुमार महतोले भने, ‘हामीले निकै गरिब, पिछडिएको र अभावमा बाँचिरहेको मुसहर समुदायको जीवनस्तरलाई उकास्नको निम्ती ती समुदायको विद्यार्थीलाई भोरको सहयोगमा पढाउनको लागि भर्ना गरायौं।’

अध्यक्ष महतोका अनुसार कलेज भर्ना भएर नियमित अध्ययन गरिरहेका ६१ जना विधार्थीमध्ये ११ कक्षामा ५५ जना, १२ कक्षामा चार जना, कक्षा १२ को अन्तिम परीक्षा पूरा गरिसकेका, एक जना र स्नातक तहमा अध्ययन गरिरहेका एकजना छन्। कलेज अध्ययन गरिरहेका मुसहर विद्यार्थी देशका पर्सा, बारा, रौतहट, सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, सुनसरी, मोरड. र नवलपरासी जिल्लाका छन्।

विधार्थीलाई अध्ययन गर्न प्रतिव्यक्ति प्रतिवर्ष करिव ३५ हजार रुपैयाँ लाग्ने गरेको महतोले बताए। गत २०७३ सालको असार १८ गते जनकपुरधाममा पूर्वराष्ट्रपति डा. रामबरण यादवद्वारा २०७२ सालको एसएलसी उत्तीर्ण ९२ जना मुसहर विधार्थीमध्ये ६१ जनाको कलेज भर्ना गर्ने अभियानको औपचारिकरुपमा सुरुवात गरिएको थियो। नेपालको शैक्षिक इतिहासमा यति ठूलो सँख्यामा मुसहर समुदायका विद्यार्थीहरु कलेज भर्ना भएको पनि यो पहिलो पटक हो ।

 

प्रकाशित: ५ आश्विन २०७३ ०७:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App