८ वैशाख २०८१ शनिबार
कला

जब विद्यार्थी बने चराचुरुङ्गी

काठामाडौं – फरक विषयमा डिजाइन प्रस्तुत गर्ने क्रममा प्रकृति र चराचुरुङ्गीलाई ‘थिम’ बनाउँदै नमुना कलेज अफ फेसन टेक्नोलोजीका विद्यार्थीले फेसन सो गरेका छन्। फेसन सोसँगै कलेजले १४ औं ब्याचलाई दीक्षित गरेको छ । आइतबार ८४ जना विद्यार्थी दीक्षित भएका थिए।

सोमा कलेजका विद्यार्थीहरूले  चराचुरुङ्गी, पृथ्वी बचाउने अभियानदेखि विज्ञान तथा प्रविधि सम्बन्धी डिजाइन प्रस्तुत गरेका थिए ।  ‘अभूतपुर्व परिकल्पना ’ थिममा आधारित फेसन सोमा दीक्षित विद्यार्थीहरूले आफूले सृजना गरेका डिजाइनहरू प्रस्तुत गरेका हुन्।

विशाल र कलात्मक सजावटमा झकिझकाउ देखिएको -याम्पमाथि ओहोर दोहोर गर्ने मोडलले पहिरिएका कलात्मक, सृजनात्मक तथा फरक परिवेश र पृथक सोचबाट सृजना गरिएका पोशाकहरूले  दर्शकलाई निकै आकर्षित गरेको थियो।

 ‘परिकल्पना’ शीर्षक अन्तर्गतका २१ वटा पहिरनमा विद्यार्थी डिजाइनरको मिहेनतको विश्वविद्यालयका उपकुलपति घनश्याम लालदाससाथै अन्य अतिथीले प्रशंसा गरेका थिए । भविष्यको परिकल्पना गर्दै तयार पारिएका पहिरनले बिज्ञान प्रविधि, जीव जन्तुको म्युटेसन, अनलाइन गेम्स, मानव र अन्य जीवको म्युटेसन, संगीत, रोबोट, स्पेससिप आदिको झल्को दिएका थिए। 

 भविष्यको परिकल्पना गरिएका पहिरन आकृतिहरूमा पुच्छर, सिङ, पखेटा आदिको प्रयोग थियो। कपडाबाहेक विभिन्न घरायसी तथा व्यवसायिक परिवेशमा प्रयोग हुने सामाग्री पनि पहिरनमा अटाएका थिए। विद्यार्थी डिजाइनर स्वयंले व्यवस्थापन गरेको सो फोटोसुटमा प्रयोग भएका पहिरनका मोडलहरूसहित नमूना कलेजकी संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधरको रनवेमा उपस्थितिसँगै अगाडि बढेको थियो।

कार्यक्रममा क्रिएटिभबाहेक कार्यक्रममा अन्य पाँच वटा प्रस्तुति पनि समेटिएका थिए। जसमा नेपाली साँस्कृतिक विविधता र जातीय पहिचानको चिनारी बोक्ने पहिरनको फ्युजन शैली एक थियो। जसअन्तर्गत लिम्बू, तामाङ, शेर्पा, थकाली, नेवार, सुनुवार, थारु लगायत जातिका पोसाक समावेश थिए । जुट, हेम्प, अल्लो, ब्याम्बु जस्ता नेचुुरल फ्याब्रिक प्रयोग गरिएका पहिरन भने फ्ल्यापर तथा युनिसेक्स शैलीबाट प्रभावित थिए । चौबीस युवती तथा दश युवा मोडलको उपस्थिति रहेको सो फेसन कार्यक्रममा ड्रामाटिक ग्ल्याम शीर्षक अन्तर्गत सुन्तला, प्याजी, पहेंलो, नीलो, सिल्भर जस्ता रंगको प्रमुखता रहेको र साटन, नेट सिफन जस्ता फ्याब्रिक खेलिएका लङ ड्रामाटिक गाउन प्रदर्शन गरिएको थियो। यसैगरी पप आर्ट अवधारणामा तयार पारिएका रंगी विरंगी पहिरनले पनि उपस्थितलाई लोभ्याएको थियो।

प्रकाशित: २३ आश्विन २०७५ ०४:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App