coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

‘ड्रिम गर्ल’ले छान्यो टिकटक विजेता

कठमाडौं – फिल्म ‘ड्रिम गर्ल’ ले टिकटक म्युजिकल्ली च्यालेन्जका विजेता छानेको छ । आइतबार सा“झ बसुन्धरास्थित साझा चुलोमा विजेता छान्दै उनीहरूलाई  उपहार प्रदान गरेका हो।

मंसिर ७ गते प्रदर्शन हुन लागेको फिल्मले प्रतिस्पर्धाको दोस्रो चरणका विजेतामा शिशिर अर्याल, बन्दना थापा, नीना पाख्रिन, दर्शनकाजी थापा, मनिषा राना, बिशालबाबु आचार्य, अभेलिना खड्का, रोश्मी राई, सृजना श्रेष्ठ मगर, अनिशा ड्रिम्स, नेपाली बर्षा र सदिक्षा क्षेत्री छन् । उनीहरूलाई फिल्मकी डेब्यु हिरोइन आश्मा गिरी, अभिनेता आकाश श्रेष्ठ, निर्देशक ऋषिराज आचार्य, हास्य अभिनेता शिशिर भण्डारीलगायतले उपहार प्रदान गरेका थिए।

टिकटक च्यालेन्जका लागि ‘ड्रिम गर्ल’ का ‘तिम्रो मायामा हराउन थालेको’ र ‘फूल टिपेर चढाएँ’ बोलका दुई गीतका ट्रयाक नेपाल म्युजिकल्ली अफिसियल र आवाज नेपालमा अपलोड गरिएका थिए । प्रतिस्पर्धीले ती ट्रयाकमा म्युिजकल्ली भिडियो बनाएका थिए । उत्कृष्ट म्युजिकल्लीलाई साप्ताहिक रुपमा पुरस्कृत गर्ने गरिएको प्रतियोगिता संयोजक समेत रहेकी अभिनेत्री आश्माले जानकारी दिइन् । उनले च्यालेन्जमा निकै उत्कृष्ट भिडियोहरू प्राप्त भइरहेकाले बिजेता छान्नै गाह्रो भएको अनुभव सुनाइन् । निर्देशक आचार्यले च्यालेन्जमा प्रतिस्पर्धीको उत्साहजनक सहभागिताले आफूहरुलाई हौसला मिलेको  बताए । अभिनेता आकाशले आम दर्शक ‘ड्रिम गर्ल’ हेर्न निकै उत्साहित रहेको बताउँदै विजेतालाई बधाइ दिए । फिल्म रिलिजको सातासम्मै जारी रहने प्रतियोगिताका फाइनल विजेतालाई फ्रि टिकट, ‘ड्रिम गर्ल’ टिमस“ग डिनर डेटका साथै विभिन्न उपहार प्रदान गरिने छ।

ऋषिराजकै लेखन रहेको फिल्म फिल्ममा आश्मा र आकाशका साथमा विल्सन बिक्रम राई, शिशिर भण्डारी, पूजा पराजुली, लक्ष्मी गिरी, अर्जुन श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन् । अर्जुन शर्मा, रामेश्वर धिताल र ऋषिराज स्वयम् निर्माता रहेको फिल्म निर्माणमा दक्षिण भारतीय कम्पनी रिल एन्ड रियल सिनेमाले सहकार्य गरेको छ।

प्रकाशित: २३ आश्विन २०७५ ०४:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App