८ वैशाख २०८१ शनिबार
समाज

आगलागीबाट चितवनमा होटेल जलेर नष्ट

फाइल फोटो

चितवन – भरतपुर महानगरपालिका वडा नम्बर १० को हस्पिटल रोडमा रहेको छहारी होटेलमा आगलागी भएको छ। नारायणी सामुदायिक हस्पिटल अगाडी रहेको होटेलमा सोमबार राती पौने १० बजे आगलागी सुरु भएको थियो। आगलागी सुरु भएको करीब २५ मिनेटपछि भरतपुर महानगरपालिकाको दमकल आगोलागी भएको स्थलमा पुगेको थियो।

आगो नियन्त्रणका लागि नवलपुरको कावासोतीबाट पनि दमकल बोलाइएको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागी राती सवा ११ बजेतिर नियन्त्रणमा आएको हो।

आगलागीबाट होटेल जलेर नष्ट भएको छ। आगलागीको कारण खुल्न सकेको छैन। विद्युत सट भएर वा ग्याँस लिक भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ। आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन। आगलागी भएको हस्पिटल रोड भरतपुर महानगरपालिकाको कार्यालयबाट एक किलोमिटर भित्रै पर्दछ।

प्रकाशित: २३ आश्विन २०७५ ०२:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App