coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कोशीमा वेपत्ता किशोर नभेटिएपछि कुशको शव बनाएर अन्त्येष्टि

उदयपुर– ३ दिनअघि पौडी खेल्न जाँदा सुनकोशीमा बेपत्ता भएका उदयपुरका एक किशोरको मृत्यु भएको ठहर आफन्तले गरेका छन्। शनिबार दिउँसो पौडी खेल्ने क्रममा कोशीमा डुबेर बेपत्ता भएका कटारी नगरपालिका १० सोरुङछविसेका पदम कार्की ३ दिनसम्म खोज्दा पनि फेला नपरेपछि मृत्यु भएको ठहर गर्दै गर्दै कुशको शव बनाएर आफन्तले अन्त्येष्टि गरेका छन्। 

लगातार २ दिनसम्म खोज्दा पनि शव फेला नपरेपछि मृत्यु भएको ठहर गर्दै प्रहरीले सर्जमिन मुचुल्का उठाएर कुशको शव बनाएर सोमवार कार्कीको दाहसंस्कार गरिएको स्थानीयले बताएका छन्। कटारी १० सोरुङछविसेका मधुकरका १७ वर्षीय छोरा पदम साथीसँग पौडी खेल्न कोशी पस्दा डुबेर बेपत्ता भएका थिए। इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी धु्रबकुमार श्रेष्ठले आफ्नै कमाण्डको एउटा टोली, सोरुङ र बेतीनी तथा घुर्मी प्रहरी समेतको टोलीले छुट्टाछुट्टै कार्कीको खोजी गरे पनि नभेट्टाएपछि मृत्यु भएको ठहर्दै सर्जमिन मुचुल्का उठाएको बताए। 

उनले सर्जमिन मुचुल्का उठाएपछि हिन्दू परम्परा अनुसार कुशको शव बनाएर कार्कीको दाहसंस्कार बताए। स्थानीयलाई उद्धृत गर्दै डिएसपी श्रेष्ठले बताएअनुसार पौडी खेल्ने क्रममा कार्की डुबेपछि उनीसँगै रहेका केही साथीहरुले निकाल्ने प्रयास गरेका थिए तर, झण्डै बचाउन जानेहरु नै डुबेपछि स्थानीय प्रहरी चौकी घुर्मीलाई खबर गरेका थिए। 

प्रकाशित: २२ आश्विन २०७५ १५:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App