८ वैशाख २०८१ शनिबार
खेल

पोखरा प्रिमियर लिगलाई आइसीसीको मान्यता

काठमाडौ - अागामी कार्तिक ९ देखि २० गतेसम्म पाेखरामा सञ्चालन हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले मान्यता दिएको छ। आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्मी लामाले आवश्यक प्रक्रिया पूरा गरेपछि आइसीसीले साेमवार प्रतियाेगिता सञ्चालनका लागि मान्यता दिएको बताए। आइसीसीको मान्यता पाएपछि अब पिपिएलको आयोजकले आइसीसीलाई २० हजार अमेरिकी डलर रकम समेत बुझाउनु पर्नेछ।

प्रतियोगितामा ६ टोलीकाे सहभागिता रहने छ। प्रतियोगितामा चितवन राइनोज, विराटनगर टाइटन्स, बुटवल ब्लास्टर्स, पोखरा पल्टन, एक्पर्ट धनगढी ब्लुज र हुलास काठमाडौँ रोयल्सकाे सहभागिता रहेकाे छ। प्रतियाेगिताका सम्पूर्ण खेलहरु पाेखरा क्रिकेट मैदानमा हुनेछन्। प्रतियाेगिताकाे सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेकाे अायाेजकले जानकारी दिएकाे छ।

प्रकाशित: २२ आश्विन २०७५ १३:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App