१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेप्से ६अंकले बढ्यो, ३७ करोडको कारोबार

काठमाडौ–नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ६.१६अंकले बढेर १२ सय २०.५२ कायम भएको छ। सोमबार १६३ कम्पनीका १४ लाख ५१ हजार ५७२ कित्ता शेयर हरु ३७ करोड १६ लाख ५६ हजार ९६३ रुपैयाँमा किनबेच भएको नेप्सेले जनाएको छ। 

समूहगत कारोबारमा २ समूहबाहेक सबैको सूचक बढेका छन्। सबैभन्दा धेरै होटल समूहको सूचक ४८.४३ अंकले बढेको छ भने निर्जीवन बिमा समूहको सूचक ३०.५ अंकले बढेको छ। बैंकिङ समूह ७.६१ अंकले बढेको छ। जीवन विमा समूह ४.७१ अंकले घटेको छ भने अन्य समूह ३.९५ अंकले घटेको छ।

सोमबार सबैभन्दा धेरै माछापुछ बैंकका शेयर ९ करोड ६९ लाख ९ हजार ९१३रुपैयाँमा शेयर किनबेच भएको छ। त्यसपछि एनआईसी एसियाका १करोड २७ लाख २६ हजार रुपैयाँको  किनबेच भए।

आजको कारोबारमा नाडेप लघुवित्त विकास बैंकको पतिकित्ता शेयर मूल्य  १३५  रुपैयाँले बढेको छ भने बोटलर्स नेपालको १३४ले बढेको छ। घट्नेमा राष्ट्रिय विमा संस्थानको पवर्दक शेयर ४५ रुपैयाले घटेको छ भने मिर्मिरे लघुवित्तको २५ रुपैयाँले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।  

 

प्रकाशित: २२ आश्विन २०७५ १०:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App