साहित्य – कथा

निःस्वार्थ माया

सोमबार, २२ असोज २०७५, १४ : ४६ शोभा ज्ञवाली  | @GyawaliShova

पर मैले सबनमलाई देखेँ । ऊ सायद माइती आएकी हुँदी हो, नत्र धेरै भएको थियो उसलाई नदेखेको ! केही दिनअघि उसको पिताको निधन भएको सुनेको थिएँ, सायद बाउको मैयतमा आएकी हुँदी हो।

उसलाई देख्नेबित्तिकै मलाई मेरो वाल्यकालकी त्यो साथीको याद आयो । नजिक जाऊँ कि नजाऊँ बडो दोधार भयो । मन अडिन सकेन । दौडिएर उसलाई बोलाएँ । उसले पुलुक्क हेरी र अनुहारमा कतै नभएको उज्यालो देखेँ । भनी, ‘अरे रामबाबु सर, तपाईं ?’

उसका दुई वर्षको फरकमा जन्मिएका चार सन्तानलाई हिँडाउँदै थिई, टक्क अडिई ।

‘घर जान लागेकी,’ उसले हतारो जनाई तर अनुहार हेर्दा भने केहीबेर उभिएरै गफ गर्ने मन हुँदो हो भन्ने मलाई लाग्यो । कि, मलाई मात्र त्यस्तो लागेको थियो कि ?

माइतीको काम सकेर सायद घर जान उसलाई हतारो थियो, बाटो लागिहाली ।
०००

तर त्यो दिन उसले जुन हकका साथ ‘श्रीमान्’ भनी, त्यत्ति एक शब्दले उसका सारा ‘अरमान’ पोखिदिई र त्यो पोखिएको उसको अरमानले नै मलाई तृप्त बनाइदियो।

उसका अब्बा–अम्मी हाम्रो घरमा सरसामान बेच्न ल्याउँथे । म ८÷९ वर्षको थिएँ । हाम्रो घरमा बाहिर गएर आवश्यक सामान किन्ने चलन थिएन । तरकारीवाला, लुगाफाटावाला, चुरीवाला सबै–सबै घरमै गएर सामान बेच्थे । चाडपर्वको बेलामा त झन् बढी हुन्थ्यो । आज एक थोक ल्याउनेहरु दिनभरि बसेर परिवारका सबैलाई बेच्थे, भोलि अर्को समूह आएर अर्को थोक ल्याएर बेच्थे ।

यसरी किनमेल गर्दा दिनभरिजस्तै लाग्थ्यो । जुन घरमा महिला–पुरुषको संख्या बढी हुन्थ्यो, त्यस्तो ठाउँमा त दिनभरि नै लाग्थ्यो, सामान हेर्न–किन्न, जाँच्न ।

ऊ अब केही घण्टा दैनिक मेरो घरमा पाहुना बन्थी । म उसलाई हेर्दै पढाउँथेँ । जानिन भने उसको चुल्ठो समात्थेँ । सजाय दिन्थेँ । ऊ पनि खुसीसाथ मेरो सजाय सहिदिन्थी । अलि बढी नै सजाय दिएको दिन मनमा एक किसिमको अपराधबोध हुन्थ्यो र त्यो अपराधबोधले उसप्रतिको आकर्षण अझ बढाउँथ्यो ।

एक दिन मेरो घरमा मैले चिनेकै शहनाज बिबी चुरा बेच्न घरमा आइपुगिन् । साथमा शहनाजले गोरी र चुलबुली ५÷६ छोरी सबनम यानी सब्बु पनि ल्याएकी थिइन् । मैले घरमा खेल्ने साथी फेला पारेँ । मैले उसलाई विभिन्न किसिमका खेलौना दिएँ, उसले ती खेलौनालाई साथी बनाई, कुराकानी गरी र अनेकौँ खेल हामी दुईले त्यो दिनभरि खेल्यौँ ।
मलाई अब सधैँसधैँ ऊ आइदिओस् भन्ने लाग्न थाल्यो । दसैँ आउन समय लाग्थ्यो । चाँडै नै उसलाई ल्याउने एउटा उपाय भन्नु नै आमा, काकी, फूपू सबैका चुरा फुटाल्नुबाहेक अरु उपाय थिएन । दिनको एउटा चुरा फुटाल्दा कसैले शङ्का पनि गर्दैनथे ।

नभन्दै मेरो बदमासीले काम ग¥यो । केही सातापछि घरमा चुरीवाली शहनाज आन्टी आउने भइन् । त्यो दिन सब्बु पनि आइपुगी र म सब्बुसँग दिनभरि मज्जाले खेलेँ । त्यो दिन सब्बुले नयाँ खेल खेलाई । उसले मेरा पुतलीहरुको बिहे गराइदिई र हामी जन्त गयौँ ।

त्यो दिन मैले सब्बुलाई पुतलीहरु दिन खोजेँ, ‘यो लैजाऊ, घरमा पनि मज्जाले खेल ।’
‘किन ?’
‘बिहेपछि पुतलीहरु पनि घर जान्छन् नि दुलाहासित,’ मैले भनेँ ।
‘नाइँ लैजान्न,’ उसले नकारी, भनी, ‘ठूला घरको सामान लैजानु हुन्न रे अम्मीले भनेको ।’
‘मैले दिएको भन्नू,’ मैले जोड दिएँ तर उसले कसैगरी मानिन ।

समय बित्यो, महिना–वर्ष गर्दै । हेर्दाहेर्दै अब सब्बु पनि किशोरी भइसकेकी थिई । एक दिन अचानक शहनाज आन्टीले घरमा चुरा ल्याएको बेला भन्नुभयो, ‘यो रामबाबुले हाम्री सब्बुलाई टिउसन पढाइदिए हुन्थ्यो । पढ्नमा लद्दु छे । ७ कक्षा पनि पास गर्छे कि गर्दिन ।’

सब्बुलाई पढाउनु ठूलो खुसीको कुरा थियो मेरालागि । ऊ अब केही घण्टा दैनिक मेरो घरमा पाहुना बन्थी । म उसलाई हेर्दै पढाउँथेँ । जानिन भने उसको चुल्ठो समात्थेँ । सजाय दिन्थेँ । ऊ पनि खुसीसाथ मेरो सजाय सहिदिन्थी । अलि बढी नै सजाय दिएको दिन मनमा एक किसिमको अपराधबोध हुन्थ्यो र त्यो अपराधबोधले उसप्रतिको आकर्षण अझ बढाउँथ्यो ।

हुँदाहुँदै अब एक किसिम किशोर–किशोरीको आकर्षण उच्च तहमा पुगिसकेको थियो । उसलाई बिहान ट्युसन पढाएर पनि मनले मान्दैनथ्यो । बजार घुम्ने बहानामा म दिउँसो उसको दोकानमा पुग्थेँ । ऊ बजारकी युवतीहरुलाई हातमा चुरा लगाइदिइरहेकी हुन्थी । म टाढैबाट उसलाई हेरेर मुस्काउँथेँ, म मुस्कुराएको देखेर ऊ पनि सबैको आँखा छलेर हाँस्थी ।
यत्तिकैमा बजारमा हुलदङ्गा चल्यो । मुस्लिम र पहाडीबीच दङ्गा भड्कियो । मुस्लिमहरुले लाठीले टाउको फुटालिरहेका थिए । मलाई पनि एउटा हुलले लखेट्न थाल्यो । हेर्दाहेर्दै बजारका घर–पसल बन्द हुन थाले । म दौडदै अघि बढेँ र एउटा ढोकामा अढेस लागेर बस्दै थिएँ, ढोका घ¥याक्क खुल्यो । म झन्नै लडेँ ।

एउटा टम्म चुराले भरिएको हातले मलाई ढल्दाढल्दैको मलाई च्याप्प समायो । पछाडि फर्केर हेर्दा उही सबनम थिई । कति चाँडो यहाँ आइपुगी ! सायद निकै समय बितिसकेको हुनुपर्छ । म पनि भागेको निकै समय बितिसकेको थियो । हुलदङ्गा बढ्नेबित्तिकै पसल बन्द गरेर ऊ घरतिर दौडेकी हुनुपर्छ । यत्तिका वर्षमा मैले कहिल्यै उसको घर देखेको रहेनछु । आवश्यक पनि त थिएन ! ऊ नै मेरो घरमा आउँथी, किताब–कापी बोकेर । ऊ नै आउँथी, हाम्रो घरमा आवश्यक साजसामान बोकेर ।

‘सबनम तिमी ?’ मेरो बक बल्ल फुट्यो ।
उसले इशाराले चुप लाग्न मेरो मुखमा औँलाले टालिदिई ।
यत्तिकैमा बाहिर ढोका कसैले ढोका ढक्ढक्यायो । उसले मलाई एउटा कुनामा राखेर ढोका खोली । एउटा केटोले सोध्यो, ‘यहाँ एउटा पहडिया दौडदै आएको थियो, देख्यौ ?’
‘अँहँ, कोही पनि आएको छैन,’ उसले हतारहतार ढोका लगाउने प्रयास गर्दै भनी ।
‘अनि, ऊ चैं को नि ?’ एउटाले चिहाउँदै भन्यो ।
‘मेरो श्रीमान् हो, तँलाई केही लिनुदिनु छ ऊसँग ?’ चर्किंदै सबनमले भनी ।
सबनम चर्किएको देखेर केटाहरु आफ्नो बाटो लागे ।
जुन हकका साथ उसले त्यसो भनी सायद त्यसैका आडमा उनीले विश्वास गरे । कुनै परायालाई नत्र कसैले किन लोग्ने भन्छ ?

सबनम गोरी थिई, आकर्षक थिई । भर्खरै जवानीले भरिपूर्ण भएकी थिई । तर त्योभन्दा ठूलो मलाई उसले जुन प्राधिकारका साथ श्रीमान् भनेकी थिई, त्यसका कारण होला ऊ मलाई अझ सुन्दर लागी ।
मैले भनेँ, ‘सब्बु, तिम्ले यो के भन्यौ ?’

‘रामबाबु, मलाई माफ गरिदिनुस्,’ सब्बुले भनी, ‘तिनेरले तपाईंलाई कुट्छन् भन्ने डर लागेर मुखमा आएको फ्याट्ट बोलिदिएँ ।’

उसको घरमा केही घण्टा बसेँ, उसले चिया खुवाई र बिस्तारै वातावरण साम्य भएपछि म उसको घरबाट निस्किएँ ।
उसले त्यो दिन भनेको शब्द ‘श्रीमान्’ अझैसम्म पनि आत्मिय लाग्छ । त्यति आत्मिय त अन्य कुनै शब्द लाग्दैन ।
०००

केही मानिसहरुसँगको नाता केही सेकेन्डको हुन्छ तर तिनले जीवनभर मीठो सम्झना दिलाएर गएका हुन्छन् । ऊ त्यस्तै एउटी पात्र बनी मेरो जीवनमा । किशोर बेलाकी आकर्षण, उसले बोलेको त्यही शब्द मेरालागि काफी भयो । उसलाई पनि थाहा थियो, उसको हद र मलाई पनि मेरो । हामीले कहिल्यै हद पार गरेनौँ न त आफ्ना भावना नै कहिल्यै प्रकट गरेनौँ तर त्यो दिन उसले जुन हकका साथ ‘श्रीमान्’ भनी, त्यत्ति एक शब्दले उसका सारा ‘अरमान’ पोखिदिई र त्यो पोखिएको उसको अरमानले नै मलाई तृप्त बनाइदियो। aakriti72@gmail.com








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad