coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

टाइगरबाट अलग भइन् दिशा

मुम्बई – बलिउड अभिनेता टाइगर श्राफले पहिलो फिल्मबाटै धेरै फ्यान कमाए। टाइगरको एक्सनदेखि नृत्य शैलीसम्मलाई युवतीले खुबै रुचाए। टाइगर जहाँ पुगे पनि उनका लागि मरिमेट्ने युवतीको ताँती हुन्थ्यो । तर टाइगरले भने नायिका बन्न संघर्षरत दिशा पटानीलाई रोजे।

चार वर्षदेखि साथी र तीन वर्ष यता प्रेमिप्रेमिको सम्बन्धमा रहेका उनीहरूले आफ्नो अफेयर टुंग्याउँदै फेरि ‘साथी’ मात्र हुने निर्णय लिएका छन्। लामो समयसम्मको डेटपछि यो जोडी छुट्टिएको बलिउडमा चर्चा छ । ‘केही दिन अघि दुईबीच निकै ठूलो झगडा भएको थियो । दुवैले मिलेर धेरैचोटि सम्बन्धलाई नयाँ दिशा दिने कोशिस नगरेका होइनन् । तर त्यो कोशिसले सफलता पाएन,’जोडी निकट स्रोतले भन्यो,‘यही कारण दुवैले प्रेम सम्बन्धलाई अन्त्य गर्ने निर्णय लिएका हुन्। दुवैको हातमा ठूला ठूला प्रोजेक्ट छन् । उनीहरू त्यही प्रोजेक्टमा ध्यान दिन चाहन्छन्।’

जताततैसँगै देखिए पनि दुवैले मिडिया समक्ष सम्बन्ध कबोल गरेका थिएनन् ।  तर दुवैलाई मिडियाले डिनर र लन्च डेटमा बारम्बार भेट्टाउँदै आएको थियो।

सन् २०१८ को सुरुवातमा यो जोडी अभिनित फिल्म ‘बागी २’ बक्स अफिसमा ब्लकबस्टर भएको थियो। फिल्ममा दर्शकले टाइगर र दिशाको जोडीलाई निकै मन पराएका थिए। यसपछि ऋतिक रोशनले समेत अभिनय गर्न लागेको फिल्ममा टाइगर र दिशासँगै देखिन लागेका थिए तर अन्तिममा दिशाले फिल्म छाडेकी थिइन्।

प्रकाशित: २२ आश्विन २०७५ ०४:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App