coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

कर्मचारी मिलन केन्द्रले चुम्यो मैत्रीपूर्ण फुटबल उपाधी

पाल्पा – पाल्पामा भएको मैत्रीपूर्ण फुटबलको उपाधी कर्मचारी मिलन केन्द्र, पाल्पाले जितेको छ। आठ समूहलाई पछाडी पार्दै प्रशासनीक कार्य गर्ने कर्मचारीले फुटबलको उपाधी हात पारेका हुन्।

जिल्ला खेलकुद बिकास समितिको आयोजना माथागढी–३, सराई खेलमैदानमा भएको फाईनल खेलमा बैंकर्स एशोसियसन पाल्पालाई टाईबे्रकरमा ४—३ गोलले पराजित गदै कर्मचारी मिलन केन्द्र पाल्पाले उपाधी जितेको हो। निर्धारित समयको खेलमा १—१ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा कुनै गोल हुन सकेन। खेलको २४ औ मिनेटमा बैंकर्स पाल्पाका सुमन बस्यालले गोल गदै टिमलाई अग्रता दिलाएका थिए। खेलको ३८ औ मिनेटमा कर्मचारी मिलन केन्द्रका मानबहादुर सारुल गोल फर्काए। टाईबेकरमा केन्द्रका लागी मान बहादुर परियार, जिवन बस्याल, किरन ढेगा र प्रदिप घिमिरेले गोल गरेका थिए। बिजयी समूहलाई पुरस्कार वितरण गर्दै सरकारका उच्च स्तरीय बार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेयले खेलकुदको बिकास सरकारको प्राथमिकतामा रहेको बताए।

पाल्पाका प्रमुख जिल्ला अधिकारी मनोहर खनालले मैत्रीपूर्ण खेल आयोजना हुनु सुखद् पक्ष भएको बताउँदै खेल मार्फत क्षेत्र पहिचानमा अघि बढन् सकिने बताए। खेल क्षेत्रको बिकास र हरेक क्षेत्रमा सहकार्य र समन्वयमा बिकास हुने अपेक्षा सहित खेल आयोजना गरेको जिल्ला खेलकुद बिकास समिति पाल्पाका अध्यक्ष करुणा काफ्लेले बताए।

प्रथम हुने टिमलाई ट्रफी, बोका, प्रमाण पत्र र मेडल तथा द्वितिय हुने टिमलाई ट्रफी, प्रमाण पत्र र मेडल प्रदान गरीएको थियो। उत्कृष्ट गोलरक्षकको रुपमा बैंकर्स पाल्पाका नारायण बहादुर बर्जाचार्य र उत्कृष्ट खेल खेल्ने कर्मचारी मिलन केन्द्रका मानबहादुर सारु उत्कृष्ट खेलाडी घोषित भएका थिए।

प्रकाशित: २२ आश्विन २०७५ ०४:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App