coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

विद्यार्थीको दुर्गम सेवा घटाउन माग

काठमाडौं - पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छात्रवृत्तिमा अध्ययन गरेका मेडिकलका विद्यार्थीहरुले दुर्गममा अन्य विश्वविद्यालयमा व्यवस्था भएअनुसार २ वर्षको मात्र कार्य सेवा हुनुपर्ने माग गरेका छन्।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्ण र साझेदारी छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीहरुको दुर्गम क्षेत्रमाअनिवार्य ४ वर्ष र आंशिक छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीले अनिवार्य दुई वर्ष दुर्गममा काम गर्नुपर्ने व्यवस्था छ ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेको त्रिविवि चिकित्सा अध्ययन संस्थान र बिपी कोइराला इनस्टिच्युट अफ हेल्थ साइन्समा पूर्ण छात्रवृत्ति अध्ययन गरेका विद्यार्थीले दुर्गममा २ वर्ष र आंशिक छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीले ऐच्छिक रुपमा दुर्गममा सेवा गर्नुपर्ने प्रवधान छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका छात्रवृत्तिमा अध्ययनरत तथा उत्तीर्ण चिकित्सा शास्त्रका विद्यार्थीहरुको संयोजक समितिका डा. अजितकुमार साहले असोज ११ गते स्वास्थ्यमन्त्री तथा उप्रधानमन्त्री उपेन्द्र यादवलाई बुझाएको ज्ञापनपत्रमा प्रतिष्ठानमा पूर्ण र साझेदारी छात्रवृत्तिमा अध्ययन गरेका मेडिकलका विद्यार्थीका लागि दुर्गममा दुई वर्ष सेवाको अवधि तोक्न माग गरेका छन्।

‘हामीले एमबिबिएस अध्ययनपछि चार वर्ष दुर्गममा सेवा गर्दा निकै लामो समय लाग्छ,’ डा. साह भन्छन्, ‘यसका कारण हामीलाई एमडी गर्न लामो ग्याप हुन्छ । अन्तर्राष्ट्रिय अभ्यासमा यो प्राक्टिक्सलाई राम्रो मानिँदैन।’

प्रतिष्ठानका राजिस्ट्रार पारस आचार्यले प्रतिष्ठानको ऐनमै व्यवस्था भएअनुसार विद्यार्थीहरु कबुलियत गरी ४ वर्ष दुर्गममा कार्य सेवा गर्ने भएकाले यसमा परिमार्जन गर्न सरोकारवालाहरुसँग छलफल गर्नुपर्ने बताए। उनले सरोकारवालाहरुसँग छलफल गरी प्रतिष्ठानको ऐनमै संसोधन गररेर मात्र परिमार्जन गर्न सकिने समेत उनले जनाए। ‘विगतमा दुर्गममा स्वास्थ्य सेवा पु-याउने लक्ष्यसहित पूर्ण र साझेदारी छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीले प्रतिष्ठानको ऐनमै दुर्गममा अनिवार्य ४ वर्ष सेवाको अवधि तोकिएको हो,’ रजिष्ट्रार आचार्यले नागरिकसँग भने, ‘विद्यार्थीको मागमाथि प्रतिष्ठानले छलफल अगाडि बढाउन सक्छ।

प्रकाशित: २२ आश्विन २०७५ ०१:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App