coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

कर्णाली प्रतिष्ठानलाई व्यक्तिगत लाभको थलो बन्न दिन्नाैं : मुख्यमन्त्री शाही

जुम्ला - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई व्यक्तिगत लाभ आर्जन गर्ने थलो बन्न नदिने बताएका छन। उनले अहिले यो प्रतिष्ठान व्यक्तिगत स्वार्थ आर्जन गर्ने थलो बनेको बताउँदै अब कसैले चाहेर पनि व्यक्तिगत स्वार्थ पुर्ति गर्न नपाउने बताए। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाकाे वार्षिक प्रगति विवरण प्रस्तुत गर्न आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै मुख्यमन्त्री शाहीले भने, 'अहिले प्रतिष्ठान कर्मचारी राख्ने देखि प्रतिष्ठानका विभिन्न कार्यक्रमको बारेमा गुनासो आउने गरेको छ, अब कर्णाली प्रदेश सरकार मुखदर्शक भएर बस्दैन्, प्रतिष्ठानको जीवन बचाउन लागिपर्छौ, प्रतिष्ठानमा सेवा दिने वहानामा प्रवेश गरेको खराब तत्वलाई पन्छाउछौं।'

उनले चिकित्सा शिक्षा सुधारका विषयमा जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई काठमाडाैं लैजादा प्रतिष्ठानले विद्यार्थी लगाएर कर्णाली प्रदेश सरकारलाई प्रवेश निषेध गरेकोमा दु:ख व्यक्त गर्दै, कुशल फाईटर नभई कुशल चिकित्सक जन्माउन निर्देशन दिए।

उनले चिकित्सा शिक्षा सुधारका विषयमा जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई काठमाडाैं लैजादा प्रतिष्ठानले विद्यार्थी लगाएर कर्णाली प्रदेश सरकारलाई प्रवेश निषेध गरेकोमा दु:ख व्यक्त गर्दै, कुशल फाईटर नभई कुशल चिकित्सक जन्माउन निर्देशन दिए। उनले भने, 'फाईटर त सेना प्रहरीले जन्माउने हो, अस्पतालले त कुशल चिकित्सक जन्माएर विरामीको सेवा गर्ने हो, स्वास्थ्य शिक्षा अध्य्यन गर्ने विद्यार्थीलाई कुर्सि फोड्ने, नारा लगाउने, ताला लगाउने र झगडा गर्न सिपालु बनाउने होईन।' प्रतिष्ठानको विकास कर्णाली सरकारले गर्ने हो भन्दै शाहीले कसैले दुई वर्ष अस्पतालमा सुत्दैमा प्रतिष्ठानकाे विकास नहुने बताए। उनले कर्णाली प्रतिष्ठानले पहिले नै कर्णाली सरकारलाई अस्पतालमा निषेध गरिसकेकोले आफ्नो भन्नु केहि नरहेको प्रतिक्रिया दिए। तर कर्णाली प्रतिष्ठानको विकास र समृद्धिको लागि कर्णाली प्रदेश सरकारले प्राकृतिक चिकित्सा र स्वास्थ्य सर्वेक्षण सहितको अनुसन्धान केन्द्रको रुपमा विकसित गर्ने सपना बोकेको बताए।

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले प्रतिष्ठानका चिकित्सकले डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक भएको रिर्पोट गरेपछि उद्धारमा आएको बताउँदै प्रतिष्ठानले विद्यार्थी परिचालन गरेर निषेध गर्नु राम्रो नभएको बताए। 'सरकार डा. केसीको जीवन रक्षा गर्न चिन्तित थियो, मान्छेलाई जीवित राख्नको लागि वनाइएको संरचनामा डा. केसी मरोस भन्ने चाहदैनथ्यो,' मन्त्री भण्डारीले भने 'प्रतिष्ठानले कर्णाली प्रदेश सरकारलाई अपहरणकारीको सुचिमा राखेर अस्पतालमा प्रवेश निषेध गर्याे, सरकारले कुनै पनि नागरिकलाई अपहरण गर्दैन्।'

कानुन मन्त्री भण्डारीले सवै मिलेर प्रतिष्ठानलार्इ संसार भरीकै अव्वल विद्यार्थी उत्पादन गर्ने थलो बनाउने बताए।आगामी दिनमा कुनै पनि अशान्ति सिर्जना गर्ने कार्य नगर्न आग्रह गर्दै मन्त्री भण्डारीले यो प्रतिष्ठान अव्वल चिकित्सक जन्माउने थलो बन्ने बताए। उनले भने, 'यो दुई हजार बेड भएको अस्पताल बन्ने छ, यसका विस्तारीत अस्पताल कर्णाली प्रदेशका सवै जिल्लामा हुनेछन्।' 

 

प्रकाशित: २१ आश्विन २०७५ १६:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App