७ वैशाख २०८१ शुक्रबार
समाज

कैद भुक्तान हुन ४ महिना बाँकी रहेका कैदीको मृत्यु

रामेछाप - जिल्ला कारागार शाखा रामेछापमा आइतवार एक कैदीको मृत्यु भएको छ। खाना खाने क्रममा पानी पिउँदा पानी सर्किएर बेहोस बनेका रुपन्देही जिल्लाको रुपन्देही नगरपालिकाका ३९ बर्षीय शुसील श्रेष्ठको मृत्यु भएको हो।उपचारका लागि कारागार नजिकै रहेको जिल्ला अस्पतालमा रामेछापमा लैजादै गर्दा उनकाे बाटोमा नै मृत्यु भएकाे प्रहरीले जनाएको छ।

लागु औषधको मुद्धामा उनी ५ बर्षका लागि कैद भुक्तान गरीरहेका थिए। ४ बर्ष ८ महिना कैद भुक्तान गरि सकेका श्रेष्ठको आफूलाई तोकिएको समय पूरा हुन ४ महिना बाँकी रहँदा आइतवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्र कुमार थापाले जानकारी दिए। 

प्रकाशित: २१ आश्विन २०७५ १२:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App