coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

लिबियामा ६ लाख अवैध आप्रवासी

ट्रिपोली – लिबियामा ६ लाख भन्दा बढी अवैध आप्रवासीहरु रहेको अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम) ले जनाएको छ। आइओएमले शनिबार सार्वजनिक गरेको प्रतिवेदनमा लिबियामा ४१ देशका आप्रवासीहरू अवैध रुपमा बस्दै आएको उल्लेख छ।

“गत जुलाई र अगस्ट महिनामा आप्रवासी संगठनले ६ लाख ६९ हजार १७६ जना आप्रवासीको पहिचान गरेको छ। यी आप्रवासीहरू लिबियाका झण्डै १०० ओटा नगरपालिकामा बसोवास गरिआएका छन,” आइओएमले भनेको छ। लिबियामा रहेका आप्रवासीमध्ये सबैभन्दा धेरै नाइजर, इजिप्ट, चाड, सुडान र नाइजेरियाका नागरिक रहेका छन्।

लिबियामा रहेका आप्रवासीहरु शिविरमा ठूलो भिड लाग्ने गरेको छ। लिबियाका सुरक्षाकर्मीहरुले यी आप्रवासीलाई समुद्रबाट उद्धार गरिएको वा पक्राउ गरिएको हो। स्थानीय अधिकारीसँगको सहकार्यमा आइओएमले स्वेच्छिक घरफिर्ती कार्यक्रम सञ्चालन गरिआएको छ।

उत्तर अफ्रिकी मुलुकहरुमा सन् २०११ देखि भड्किएको द्वन्द्व र बढ्दो असुरक्षाका कारण भूमध्यसागर पार गरेर युरोप प्रवेश गर्नेहरुले लिबियालाई प्रयोग गर्ने गर्दछन्।

प्रकाशित: २१ आश्विन २०७५ ११:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App