coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

नि:शुल्क आँखा शिविरमा ३ सय ३६ को शल्यक्रिया

सर्लाही - जिल्ला स्थित हरिवन नगरपालिकाको चतुर्भूजेश्वर महादेव मन्दिर परिसरमा आयोजना गरिएको एक हप्ते निःशुल्क आँखा उपचार शिविरमा ३३६ जनाको आँखाको शल्यक्रिया गरिएको छ। नेपाल नेत्रज्योती संघ, भरतपुर आँखा अस्पताल, सगुन बचत तथा ऋण सहकारी संस्था र सगुन शिक्षा सहकारी संस्थाको आयोजना रहेको शिविरमा १ हजार ४३५ जना सर्वसाधारणको आँखा परिक्षण गरिएको सगुनका प्रबन्धक विकास भट्टराईले जानकारी दिए। ईश्वरपुर, हरिवन, बागमती, बरहथवा नगरपालिका गरी जिल्लाका ४ स्थानमा परिक्षण शिविर राखिएको र हरिवनको सुखे पोखरी स्थित चतुर्भूजेश्वर महादेव मन्दिर परिसरमा शल्यक्रिया शिविर राखिएको आयोजकले बताएका छ।

आईतबार विहान सम्पन्न शिविरमा ३२६ जनाको आँखामा लागेको मोतियाविन्दु तथा १० जनाको अन्य रोगको शल्यक्रिया गरिएको हो। शिविरमा भरतपुर आँखा अस्पतालका डा. रञ्जित साह, डा. सिमान्त खड्का, डा. राजा हुसैन सहित १६ जना स्वास्थ्यकर्मीकाे टोली सहभागि रहेकाे थियाे।

प्रकाशित: २१ आश्विन २०७५ ०९:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App