coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रज्ञा प्रतिष्ठानको कुलपतिमा पुनः उप्रेती

काठमाडौं – प्रधानमन्त्री तथा नेपाल प्रज्ञा प्रतिष्ठानका संरक्षक केपी शर्मा ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानमा कुलपति र एकजना सदस्य नियुक्ति गरेका छन्। ओलीले डा.गंगा प्रसाद उप्रेतीलाई आगामी चार वर्षका लागि प्रतिष्ठानको कुलपति नियुक्त गरेका हुन्।

यसैगरी सदस्यमा जगतप्रसाद उपाध्यायलाई नियुक्त गरेका छन्। उप्रेती यसअघि पनि सोही पदमा कार्यरत थिए। ओलीले उपकुलपति डा.उप्रेतीलाई आजै सिंहदरबारमा पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन्। सदस्य उपाध्यायलाई कुलपति उप्रेतीले पद तथा गोपनियताको सपथ गराए।

सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिष्ठानले समाजलाई साहित्य र साँस्कृतिक हिसाबले अगाडि बढाउने काम गर्नुपर्ने बताए। उनले नेपाली वाङ्मयका अनेक ढाँचालाई प्रतिष्ठानले प्रष्फुटन गराउनुपर्ने बताए।

“साहित्यीक अभियान, राजनीति, शासन सञ्चालन, उत्पादन र बोलिचालीका अनेक ढाँचालाई व्यवस्थित गर्ने काम प्रतिष्ठानको हो” ओलीले भने। नेपालको सामाजिक मूल्य मान्यता विश्वमा नै अनुपम रहेको बताउँदै भने, “नेपालमा जस्तो सामुहिक परिवार विश्वमा कतै पनि छैन्, यो प्रणालीबाट धेरै संस्कार सिक्न सकिन्छ।” ओलीले नेपालका साँस्कृतिक पर्वहरूले सामाजिक सम्बन्धलाई मजवुद बनाउने काम गरेको बताए।

प्रकाशित: २१ आश्विन २०७५ ०८:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App