आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट

नेपालले थाइल्याण्डलाई दियो १ सय ७३ रनको लक्ष्य, करणको उत्कृष्ट ब्याटिङ

आइतबार, २१ असोज २०७५, १३ : ३९ नागरिक

काठमाडौं – नेपालले आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ को तेस्रो खेलमा अहिले थाइल्याण्डसँग प्रतिस्पर्धा गरिरहेको छ।

मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल मैदानमा जारी खेलमा नेपालले थाइल्याण्डलाई जितका लागि १ सय ७३ रनको लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १ सय ७२ रन बनायो।

नेपालका लागि आठौं नम्बरमा ब्याटिङ गर्न आएका करण केसीले विस्पोटक ब्याटिङ गर्दै सर्वाधिक ४० रन बनाए। उनले १४ बलमा २ चौंका र ४ छक्का प्रहार गरे। करणले १९.३,१९.४ र १९.५ मा लगातार ३ छक्का प्रहार गरेका थिए। त्यस्तै सोमपाल कामी ४ रनमा नटआउट रहे।

पहिलो विकेट २८ रनमा गुमाएको नेपालका लागि विनोद भण्डारी २.३ ओभरमा १५ रन जोडेर आउट भए। उनले ८ बलमा २ चौंका र १ छक्का प्रहार गरे।

दोस्रो विकेटका रुपमा अनिल शाह ५.३ ओभरमा २५ रन बनाएर आउट भए। उनले १७ बलमा ७ चौंका प्रहार गरे।

तेस्रो विकेटका रुपमा दिपेन्द्रसिंह ऐरी १२.१ ओभरमा ३० रनमा आउट भए। उनले २६ बलमा ३ चौंका र १ छक्का हाने।

चौंथो विकेटका रुपमा आरिफ शेख १४.१ ओभरमा ८ रन बनाउँदै पभेलियन फर्किए। उनले ९ बलमा १ चौंका हिर्काए।

पाँचौं विकेटका रुपमा सरद भेषवाकर १४.६ ओभरमा सर्वाधिक ३४ रन बनाएर आउट भए। उनले आउट हुनुअघि २८ बलमा २ चौंका प्रहार गरे।

छैटौं विकेटका रुपमा कप्तान पारस खड्का ५ रनमा आउट हुँदा उपकप्तान ज्ञानेन्द्र मल्ल पनि सातौं विकेटका रुपमा व्यक्तिगत ७ रनमा आउट भए। ज्ञानेन्द्रले ७ बलमा १ चौंका प्रहार गरे।

थाइल्याण्डका लागि पायुपुथ संनार्डले ४ विकेट लिए। उनले ४ ओभरमा २१ रन दिएर ४ विकेट लिएका हुन्। त्यस्तै भिचनाथ सिंहले २ र जियाउल हकले १ विकेट लिए।

अघिल्ला दुई खेलमा लगातार जित निकालेको नेपालले आजको खेलमा थाइल्याण्डलाई पराजित गर्दै अघिल्लो चरणमा पुग्ने बाटो अझ मजबुत गर्न चाहन्छ। नेपालले गत बुधबार भएको पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा शनिबार आयोजक मलेसियालाई समान ८ विकेटले हराएको थियो।

जारी प्रतियोगितामा थाइल्याण्ड शीर्ष स्थानमा छ। थाइल्याण्डले ३ खेलबाट ५ अंक जोडेको छ। त्यस्तै २ खेलबाट ४ अंक जोडेको सिंगापुर दोस्रो स्थानमा छ। नेपाल तेस्रो स्थानमा छ। नेपालको पनि समान खेलबाट ४ अंक बनाएपनि रनरेटका आधारमा सिंगापुर भन्दा पछि छ।

नेपालले थाइल्याण्डको पुरुष टोलीबीच खेल भएकाे यो दोस्रो पटक हो। यसअघि सन् १९९८ को एसीसी ट्रफीमा नेपाल र थाइल्याण्डबीचको खेल तय भएपनि वर्षाको कारण उक्त खेल टस समेत नभई स्थगित भएको थियो।

प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को छनोटमा नेपाल, आयोजक  मलेसिया, थाइल्यान्ड, भुटान, चीन, म्यानमार र सिंगापुर छन्। समूहका शीर्ष तीन स्थानमा रहने टोलीले क्षेत्रीय छनोटको अन्तिम चरणमा स्थान पक्का गर्नेछन्। युएई र कतारले यसअघि नै अन्तिम चरणको क्षेत्रीय छनोटमा स्थान पक्का गरिसकेका छन्।

अन्तिम चरणको छनोटमा ७ टोलीले प्रतिस्पर्धा गर्नेछन्। यस पटकको ट्वान्टी–२० विश्वकप क्रिकेट अस्ट्रेलियाले २०२० अक्टोबर  १८ देखि १५ नोभेम्बरसम्म सञ्चालन गर्नेछ। प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन्।








यसमा तपाईको मत

अन्य समाचार

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad