coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रोल्पा शैक्षिक मेलामा दंग विद्यार्थी

रोल्पा- ‘यो बारहरुको नाम हो। यो नेपालको नक्सा। यो भने फर्सि, अनि यताको चाहि तोरीको बुटा हो।’ रोल्पा नगरपालिकाले आयोजना गरेको शैक्षिक मेलामा सामाग्री देखाउदै जलजला प्राविका मैमला बिकले भनिन्। ‘रमाईलो भयो। आफुले बनाएका सामाग्री देखाईयो, अरुले बनाएको पनि हेर्न पाईयो।’ सोहि बिद्यालयका सोहिल घर्तीले सुनाए। नगरपालिकाले सदरमुकाम स्थित बालकल्याण नमुना माविमा आयोजना गरेको दुई दिने प्रथम नगर स्तरीय शैशिक मेला सकिएको छ। नयाँ शैक्षिक सामाग्रि एकले अर्कोलाई देखाउन र सिकाई क्रियाकलाप आदान प्रदान गर्न शैक्षिक मेला आयोजना गरिएको हो। 

नयाँ शैक्षिक सामाग्रि देखेर गाउँगाउँबाट मेलामा आएका साना साना विद्यार्थिहरु दंग देखिन्थे। ‘नयाँ सिक्न पाईयो । यो स्कुल त भयङ्कर रैछ । यो स्कुल राम्रो भए पनि रमाईलो त हाम्रै स्कुल छ । जे होस नयाँ कुरा हेर्न पाईयो । सिक्न पाईयो,’ कृष्ण प्रावि धारापानीका विद्यार्थि सुनिल महराले भने। दुईदिन चलेको मेलाको करिब २ हजार विद्यार्थि र पाहुनाले अबलोकन गरेका थिए। नगरपालिका भित्रका ३९ विद्यालयले सहभागिता जनाएको सो मेलामा शैक्षिक सामाग्रि प्रदर्शन प्रतियोगिता समेत राखिएको थियो।

प्रदेश सांसद दिपेन्द्र कुमार पुनले औपचारीक उद्घाटन गरेको मेलामा बिभिन्न विद्यालय, शिक्षक र विद्यार्थिलाई पुरस्कृत समेत गरिएको थियो। शैक्षिक सामाग्रि प्रदर्शन प्रतियोगितामा नेपाल मावि कोटगाउँ प्रथम, पिताराज आधारभुत विद्यालय द्धितिय, बालकल्याण नमुना मावि तृतिय र बाल मन्दिर प्रावि सान्त्वना भएका थिए। ति सबै विद्यालयलाई क्रमश २० हजार, १५ हजार, १० हजार र ५ हजार नगद सहित प्रमाण पत्र दिईएको थियो।

त्यसै गरि बालकल्याण नमुना माविलाई उत्कृष्ट विद्यालय छनौट गर्दै २ लाख पुरस्कार दिईयो। सोहि अवसरमा उत्कृष्ट प्रअका रुपमा नेपाल मावि कोटगाउँका कृष्णबहादुर पुन र उत्कृष्ट शिक्षकका रुपमा बालकल्याण नमुना माविका मुकेश हमाल पाँच पाँच हजार नगद सहित सम्मानीत भए। सिकाई उपलब्धि बढाउन भन्दै शैक्षिक मेला आयोजना गरेको नगरपालिकाले यसबाट शिक्षाको गुणस्तर सुधार हुने अपेक्षा राखेको जनाएको छ।

प्रकाशित: २१ आश्विन २०७५ ०७:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App