८ वैशाख २०८१ शनिबार
खेल

बंगलादेशसँग बदला लिँदै उपाधि जित्ने नेपालको लक्ष्य

काठमाडौं – भुटानमा जारी साफ यु–१८ महिला च्याम्पियनसिपको उपाधिका लागि आइतबार (आज) नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ। खेल राजधानी थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा ६ः४५ बजेपछि सुरु हुनेछ।

समूह ‘बी’ को उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। यता बंगलादेश समूह ‘बी’  विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका थियो।

सेमिफाइनलमा बंगलादेशले समूह ‘ए’ को उपविजेता भुटानलाई ४–० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो। नेपाल भन्दा बंगलादेश केही बलियो टोली हो। समूह चरणको दोस्रो खेलमा बंगलादेशले नेपाललाई २–१ ले पराजित गरेको थियो।

आजको खेलमा बंगलादेशसँग समूह चरणमा भोगेको पराजयको बदला लिँदै उपाधि उचाल्न नेपाली टोली मैदान उत्रनेछ। भारतलाई हराएपछि नेपाल उच्च मनोबलमा समेत रहेको छ। नेपालले समूह चरणको पहिलो खेलमा पाकिस्तानलाई १२–० ले हराएको थियो। फाइनल अघि तेस्रो स्थानका लागि हुने खेलमा भुटान र भारतले प्रतिस्पर्धा गर्दैछन्।

नेपाली टोली
गोलकिपरः
अञ्जना रानामगर, उषा नाथ र कविता राई

डिफेन्डरः निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, विमला विक, कोपिला धिमाल, पुनम फर्सवान र पुजा रानामगर

मिडफिल्डरः शरु लिम्बू, मञ्जलीकुमारी योञ्जन, शुभद्रा खड्का, अस्मिता वैद्य, मनिषा राउत, सुहानी कुसुवार, सिर्जनासिंह ठकुरी र सम्झना लावती

स्ट्राइकरः रश्मीकुमारी घिसिङ, रेखा पौडेल, एलिसा जाम्बा र सम्झाना शर्मा

हरिओम श्रेष्ठको मुख्य प्रशिक्षणमा रहेको नेपाली टोलीका सहायक प्रशिक्षक प्रकास वैद्य र गोलकिपर प्रशिक्षक अस्मिता खवास छन्।

प्रकाशित: २१ आश्विन २०७५ ०७:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App