coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

धम्काएर रकम उठाएको अभियोगमा एक पक्राउ

काठमाडौं- व्यवसायीहरुलाई धम्काएर रकम उठाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। लाजिम्पाट सकुनामार्ग डेरा गरी बस्ने ३१ बर्षीय सुदिप गुरुङलाई शनिबार प्रहरीले पक्राउ गरेको हो।

लाजिम्पाट तथा ठमेल क्षेत्रमा स्थानीय व्यवसायीलाई धम्क्याई रकम उठाएको खबर प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले लाजिम्पाट खुर्सानीटारबाट उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: २१ आश्विन २०७५ ०७:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App