coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

दसैं नजिकिँदै जाँदा महङ्गी बढ्यो, बजार अनुगमन भएन

पाल्पा – चाडबाडको मुखमा मूल्य वृद्धि भएपछि उपभोक्ता मर्कामा परेका छन्। जिल्लामा खाद्य, लत्ताकपडा तथा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि सर्वसाधारण मर्काका परेका छन्।

हिन्दुहरुको महान पर्व विजयादशमी तथा दिपावली नजिकिएको छ। पाल्पा जिल्लामा खाद्यमा वर्ष एक दिन मुस्किलले अनुगमन हुने गरेको छ। बजार अनुगमनमा देखिएको कमजोरी, सहुलियत पसल सञ्चालन नहुँदा र कालोबजारीका कारणले उपभोक्ता समस्यामा पर्दै आएका छन्। उपभोक्ता हित संरक्षण मञ्चका संयोजक माधव नेपालले जनतालाई प्रत्यक्ष अनुभूति हुने खालको काम गर्नुपर्ने सरकारले मूल्यवृद्धिलाई ध्यान नदिएको बताए। उनी भन्छन्, ‘दैनिक उपभोग्य वस्तुमा किन र कसरी मूल्य बढाइयो? गरिब जनता चाडबाडको समयमा कालोबजारीबाट समेत समस्यामा पर्ने गरेका छन्। बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्छ।’ सरकारी निकायबाट अनुगमनलाई तिव्रता दिनु आवश्यक छ।

यससँगै चिनीको भाउमा पाँच पटक मूल्यवृद्धि भइसकेको छ। अहिले पाल्पामा चिनी प्रतिकिलो ७० देखी ७५ रुपैयाँ रहेको छ। जहाँ नेपाली चिनी भारतिय चिनीको तुलनामा पाँच रुपैयाँ सस्तो छ। नेपाली चिनी ७० रुपैयाँ प्रतिकिलो र भारतीय चिनी ७५ रुपैयाँ प्रतिकिलोमा खुद्रा बिक्रि भइरहेको व्यापारी बिष्णुप्रसाद कंडेल बताउँछन्।

पशुपति जनरल स्टोरका सञ्चालक शैलेन्द्र भट्टराईले मोटो चिनीको मूल्य ७२ रुपैयाँ रहेको बताए। ‘पछिल्लो समय पेट्रोलियम पदार्थमा लगातार भएको मूल्य वृद्धिपछि प्रतिकिलो हरेक सामाग्रीमा औषतमा मूल्य वृद्धि भएको छ। ‘चिनीमा ५ रुपैयाँसम्म, दालमा ८ रुपैयाँसम्म, आटामा ७ रुपैयाँ, तेलमा १० रुपैयाँ मुल्य वृद्धि भएको छ,’ भट्टराईले भने, ‘बजारमा मौज्दात भएको वस्तुमा सरकारले बढाउँदा पनि मूल्य वृद्धि भएको छैन। पछिल्लो पटक १० प्रतिशत भाडा वृद्धि भएपछि उपभोक्तालाई प्रत्यक्ष असर परेको छ।’

पाल्पा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष समेत रहेका शैलेन्द्र भट्टराईले चाडपर्वलाई ध्यानमा राखेरमात्र अनुगमन गर्दा झन् उपभोक्ता मर्कामा पर्ने गरेका बताए। अनुगमन सिजनेवल नभई नियमित हुनुपर्ने उनको भनाई छ।

जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रशासकीय अधिकृत हुमप्रसाद पाण्डेले पछिल्लो समय पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा भदौ २३ गते खाद्यान्न, असोज ८ गते तानसेन नगरपालिकामा डेरिपसलमा दूधको र असोज ११ गते औषधी व्यवस्था विभागको संलग्नतामा फार्मेसीको अनुगमन गरिएको बताए।  उनी भन्छन्, ‘पछिल्लो समय चाडपर्व नजिकिएसँगै अनुगमनलाई तिव्रता दिन सकिएको छैन। लत्ताकपडामा अनुगमन कार्य अप्ठ्यारो छ। सबै स्थानीय तहमा पुग्न नसकेको हो। उपभोक्ताले गुनासो मूल्य वृद्धिको गरेका छन्। पछिल्लो दिन मासुको अनुगमन गरेका छौं। अब बजारमा बुझेर अनुगमन फेरी हुन्छ।’

नगरपालिका, उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन, जिल्ला प्रहरी, घरेलु कार्यालय, खाद्य  तथा गुण प्रविधि कार्यालय, पत्रका तथा उपभोक्ता मञ्च सहितको टोलिले अनुगमन नहुँदा अनुगमन प्रभावकारी बन्न नसकेको उपभोक्ताले गुनासो गरेका छन्।

प्रकाशित: २१ आश्विन २०७५ ०५:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App