प्रशासकीय अधिकृतमाथि कुटपिट

आइतबार, २१ असोज २०७५, १० : २८ कृष्ण ओली

बाजुरा – बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत त्रिलोक चन्द्रमाथि अज्ञात समूहले कुटपिट गरेको छ। गएराती १० बजेपछि सुतिरहेको बेला ढोका फोडेर उनीमाथि अाक्रमण भएकाे प्रहरीले बताएको छ। वडा अध्यक्ष प्रकाश रावलले कुरा गर्न खोजेकाले ढोका खोल्न आग्रह गर्दा सुतिसकेको र भोली कुरा गरौंला भन्दा एकाएक ढोका फोडेर कुटपिट गरिएकाे चन्द्रले बताए।

कुटपिट गर्दा एक जनाको घडी समेत उनको कोठामै खसेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। तीन जनाको संख्यामा आएका अपरिचत व्यक्तिले ढोका फोडेर एकाएक कुटपिट गरेको चन्द्रले बताए। चन्द्रमाथि ढोका फोडेरै कुटपिट गरिएको नगर प्रमुख पदम बडुवालले जानकारी दिए।

जिल्ला बाहिर जाने कार्यक्रम भएकोले अधिकृतको कोठामा नौ बजेसम्म छलफल भएको जानकारी दिँदै बडुवालले आक्रमणकारीले सुरुमा आफ्नो घरमा गएर आफुलाई खोजेको र आफुलाई नभेटेपछि अधिकृतको ढोका फोडेर कुटपिट गरेको हुनसक्ने बताए। कार्यपालिका भित्र सामान्य मतभेद रहेपनि आक्रमण नै गर्ने विवाद नभएकोले घटना बारे आफुलाई जानकारी नभएको बडुवालको भनाई छ।

कुटपिटमा संलग्न तीन जनाको अनुहार चिनेपनि नाम थाह नभएको अधिकृत चन्द्रले बताएका छन्। व्यक्तिगत विवाद केही नभएकोले नगरपालिकाको आन्तरिक विवादका कारण बडिमालिका नगरपालिका–८ का अध्यक्ष प्रकाश रावलको योजनामा आफुमाथि कुटपिट भएको हुन सक्ने अधिकृत चन्द्रको आशंका छ।

यता वडा अध्यक्ष रावलले भने आफुमाथि लगाइएको आरोप गलत भएको बताएका छन्। ‘नगर प्रमुख, कार्यकारी प्रमुख र मेरै कोठामा तोडफोड भएको छ’, उनले भने, यो ‘आफैमा रहस्यमय घटना हुन पुगेको छ।’ उनले आफुलाई फसाउन सडेन्त्र भइरहेको समेत आरोप लगाएका छन्।

‘मेरो कसैसँग विमति भए कार्यपालिकामै राख्न सक्छु, जनप्रतिनिधिले राती केटाहरु पठाएर कुटाउनु पर्ने कारण नै छैन्’, रावलले भने। घटना बारे अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक सागर बोहराले बताएका छन्।






यसमा तपाईको मत

अन्य समाचार

वर्ल्डलिंकको “अब हरेक टिभीमा यूट्युब”

वर्ल्डलिंकको “अब हरेक टिभीमा यूट्युब”

वर्ल्डलिंक कम्युनिकेशनस् लिमिटेडले “अब हरेक टिभीमा यूट्यबु” नामक एउटा नयाँ प्रोडक्ट अफर स्वरुप ल्याएको छ । ...

२० हजार देखि ३० हजारसम्मका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार देखि ३० हजारसम्मका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

यस मूल्यको दायरामा पर्ने र नेपाली बजारमा सजिलै खरिद गर्न सकिने मोडर्न स्मार्टफोनहरूको सूची यहाँ प्रदान गरिएको छ ...

ह्वावेको वाई नाइन प्राइम २०१९ नेपाली बजारमा

ह्वावेको वाई नाइन प्राइम २०१९ नेपाली बजारमा

ह्वावेले पप–अप क्यामरा भएको वाई नाइनप्राइम २०१९ नेपालीबजारमा सार्वजनिक गरेको छ। ...

मेरिएट होटलद्वारा राजस्थानी फुड फेस्टिभल आयोजना

मेरिएट होटलद्वारा राजस्थानी फुड फेस्टिभल आयोजना

काठमाडौं मेरिएट होटल, नक्सालले आफ्नै रेष्टुरेन्ट ठमेल किचनमा प्राचीन रेसिपिहरु इनफिउज गरेर विशेष रुपमा राजपरिवारहरुका लागि बनाइने प्राचीन किचनको स्वादिष्ट...

मेगा बैंक दशौं वर्षमा प्रवेश

मेगा बैंक दशौं वर्षमा प्रवेश

मेगा बैंकले स्थापनाको नवौं वर्ष पूरा गरि दशौं वर्षमा प्रवेश गरेको अवसरमा मंगलबार काठमाडौंको कमलादीस्थित केन्द्रिय कार्यालयमा आयोजित वार्षिकोत्सव कार्यक्रममा...

के हो हाइव्रिड कार ?

के हो हाइव्रिड कार ?

हाइव्रिड कार त्यस्तो कार हो जसमा इलेक्ट्रिक मोटर तथा पेट्रोल वा डिजेलले सञ्चालित हुने इन्जिन जडान गरिएको हुन्छ। यस्ता कारहरुमा...

माछापुच्छ्रे बैंकको ऋणपत्र २०८५

माछापुच्छ्रे बैंकको ऋणपत्र २०८५

माछापुच्छ्रे बैंक लिमिटेडको रु.एक हजार अङ्कित दरका तीस लाख कित्ता ऋणपत्र यहि मिति २०७६/०४/०६ गते सोमबार देखि जारी गरेको छ...

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

फेसबुकको नयाँ डिजाइनको तस्विरहरू ...

Ncell Footer Ad