७ वैशाख २०८१ शुक्रबार
खेल

हेमलाल र कान्छीमायालाई उपाधि

काठमाडोैं – त्रिभुवन आर्मी क्लबका हेमलाल श्रेष्ठ र कान्छीमाया कोजुले शनिबार १२औं काठमाडाैं म्याराथनको उपाधि जितेका छन्।

हेमलालले शनिबार प्रो स्पोर्ट्स प्रालिको आयोजनामा भएको प्रतियोगिताको  पुरुषतर्फको स्पर्धामा निर्धारित ४२.१९ किमि दूरी २ घण्टा २० मिनेट  ४५ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हात पार्दा आर्मीकै राजन खत्री र नेपाल पुलिसका भूमिराज राई क्रमशः दोस्रो र तेस्रो भए । राजनले निर्धारित दूरी २ घण्टा २३ मिनेट ३३ सेकेन्ड र भूमिराजले २ घण्टा २४ मिनेट र ३१ सेकेन्डमा पूरा गरे।

महिलातर्फ कान्छीमायाले निर्धारित दूरी २ घण्टा ५० मिनेट ४१ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हात पार्दा सरिता वासीले ३ घण्टा ११ मिनेट १४ सेकेन्ड र राजपूरा प्रसार्इंले ३ घण्टा २४ मिनेट ८ सेकेन्डमा पूरा गर्दै क्रमशः दोस्रो र तेस्रो स्थान हात पारे।

दुवै स्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ५० हजार,२० हजार र १५ हजार रुपैयाँ हात पारे ।रोडरेस पुरुषतर्फ एपिएफका गोपीचन्द्र पार्की पहिलो भए भने आर्मीका रामजी बस्नेत दोस्रो र एपिएफकै सन्तोषविक्रम विष्ट तेस्रो भए । गोपीचन्द्रले निर्धारित दूरी १ घण्टा ७ सेकेन्डमा पूरा गरेका थिए भने रामजीले १ घण्टा २१ सेकेन्ड र सन्तोषले १ घण्टा २२ सेकेन्डमा दूरी पूरा गरे।

म्याराथनको महिला र पुरुष दुवै स्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ५० हजार,२० हजार र १५ हजार रुपैयाँ हात पारे।

यसै स्पर्धामा महिलातर्फ आर्मीकी विश्वरूपमा बूढाले पहिलो स्थान हात पार्दा एपिएफकी विन्द्रा धनकेशरी श्रेष्ठ र पुष्पा भण्डारी दोस्रो र तेस्रो भए । विश्वरूपाले निर्धारित दूरी १ घण्टा १० मिनेट ५७ सेकेन्डमा पूरा गर्दा विन्द्राले १ घण्टा ११ मिनेट ३७ सेकेन्ड र पुष्पाले १ घण्टा १२ मिनेट ३५ सेकेन्डमा निर्धारित दूरी पूरा गरेका थिए।

रोडरेसतर्फ पुरुष र महिला विधामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २० हजार १६ हजार र ७ हजार नगद हात पारे । ह्विल चेयरतर्फको स्पर्धामा पुरुषमा कृष्णराज चौधरी विजेता बन्दा रवीन्द्र खत्री द्वितीय र राजेश शिल्पकार तृतीय भए । कृष्णराजले निर्धारित दूरी १५ मिनेट ५६ सेकेन्डमा पूरा गरे भने रवीन्द्रले २१ मिनेट ११ सेकेन्ड र राजेशले २८ मिनेट ३५ सेकेन्डमा दूरी पूरा गरे।

ह्विल चेयर महिलातर्फको स्पर्धामा यामी झाँकीमगर पहिलो भइन् भने लक्ष्मी घिमिरे दोस्रो र हीरा तामाङ तेस्रो भए । यामीले निर्धारित दूरी १४ मिनेट ४७ सेकेन्डमा पूरा गरिन् भने लक्ष्मीले १८ मिनेट २१ सेकेन्ड र हीराले २१ मिनेट ३० सेकेन्डमा दूरी पूरा गरे।

ह्विल चेयरतर्फ दुवै विधामा पहिला, दोस्रो र तेस्रो हुनेले क्रमशः ५ हजार,३ हजार र २ हजार हात पारे ।
५ किमि खुलातर्फ पुरुषमा अजित यादव पहिलो भए भने मिलन कार्की दोस्रो र जितेन्द्र दनुवार तेस्रो भए । अजितले निर्धारित दूरी पूरा गर्न १८ मिनेट ११ सेकेन्ड खर्चंदा मिलनले १८ मिनेट २९ सेकेन्ड र जितेन्द्रले १८ मिनेट ३९ सेकेन्डमा दौड पूरा गरे।

५ किमि खुलातर्फ महिलामा सन्तोषी श्रेष्ठ पहिलो भइन् भने सानुमाया कार्की दोस्रो र फूलमती राना तेस्रो भए । सन्तोषीले निर्धारित दूरी पूरा गर्न २०  मिनेट ३७ सेकेन्ड खर्चंदा सानुमायाले २१ मिनेट ४० सेकेन्ड र  फूलमतीले २१ मिनेट ५७ सेकेन्डमा दौड पूरा गरे । ५ किमि खुलातर्फ पुरुष र महिला विधामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः १० हजार, ६ हजार र ४ हजार रुपैयाँ हात पारे।

५ किमि छात्रतर्फ प्रवीनकुमार बोहोरा पहिलो भए भने सागर श्रेष्ठ दोस्रो र नयन तामाङ तेस्रो भए । सोही स्पर्धाअन्तर्गत छात्रातर्फ मन्जु राउतले प्रथम स्थान हात पारिन् भने काजल विष्ट दोस्रो र स्वेसा बलामी तेस्रो भए । दुवै स्पर्धाका विजेताले ५ हजार, उपविजेताले ३ हजार  र तृतीय स्थान हात पार्ने खेलाडीले २ हजार रुपैयाँ हात पारे।

५ किमि मास्टर पुरुषतर्फ धर्म महर्जन पहिलो भए भने भीमबहादुर गुरुङ दोस्रो  र कपिल भट्ट तेसो भए । धर्मले निर्धारित दूरी १९ मिनेट ५२ सेकेन्डमा पूरा गर्दा भीमले २२ मिनेट ४५ सेकेन्ड र कपिलले २६ मिनेट १२ सेकेन्डमा दूरी पूरा गरे।

५ किमी मास्टर महिलातर्फ सरस्वती खड्का राई पहिलो भइन् भने नीलम शर्मा दोस्रो भइन् । सरस्वतीले निर्धारित दूरी २६ मिनेट ५६ सेकेन्डमा पूरा गर्दा नीलमले निर्धारित दूरी ३६ मिनेट ४७ सेकेन्डमा पूरा गरिन् । दुवै स्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ५ हजार,३ हजार र २ हजार रुपैयाँ हात पारे।

प्रकाशित: २१ आश्विन २०७५ ०४:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App