coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘अपार्टमेन्ट’मा अस्पताल सञ्चालन स्वीकृति खारेज गर्न माग

काठमाडौं – त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का प्राडा गोविन्द केसीले काठमाडौंस्थित विवादित र कुनै पूर्वाधार नभएका आवासीय भवनमा रहेको कथित मेडिकल कलेजलाई गैरकानुनी रूपमा अस्पताल सञ्चालन स्वीकृति दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. पुष्पा चौधरीको निर्णय तत्काल खारेज गर्न माग गरेका छन्। ५० शड्ढयाको अस्पताल सञ्चालन गर्नसमेत मापदण्ड र पूर्वाधार नभएको काठमाडौं नेसनल मेडिकल कलेजलाई तीन सय शड्ढयाको अस्पताल सञ्चालनको स्वीकृति दिएर नागरिकको स्वास्थ्यमा गम्भीर खेलबाड गर्ने निर्णय तत्काल खारेज गर्न उनले माग गरेका हुन्।

उनले शनिबार विज्ञप्ति जारी गर्दै गैरकानुनी रूपमा दिइएको अस्पताल सञ्चालन अनुमतिसम्बन्धी निर्णय तुरुन्त निर्णय खारेज गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । स्वास्थ्य सचिव चौधरीले नेसनल मेडिकल कलेजलाई तीन सय शड्ढयाको अस्पताल सञ्चालन गर्न अपुग भएको मापदण्ड क्रमिक रूपमा पूरा गर्दै लैजाने सर्तमा गत असोज १६ गते स्वीकृति दिएकी थिइन्। तर, उक्त निर्णय सार्वजनिक भएपछि सचिव चौधरीले फाइल लुकाएको कर्मचारीहरूले बताएका छन्। उक्त निर्णय ढाकछोप गर्न सचिव चौधरीले मापदण्ड पूरा गर भन्ने पत्र पठाइएको भन्दै विज्ञप्ति निकालेकी थिइन्।

प्रकाशित: २१ आश्विन २०७५ ०२:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App