४ वैशाख २०८१ मंगलबार
समाज

चाडपर्वको मुखमा महँगीको मार

विराटनगर - चाडपर्वको मुखमा खाद्य सामग्रीमा आफूखुसी मूल्य बढाउने प्रवृत्तिलाई व्यापारीले निरन्तरता दिँदा पूर्वका सर्वसाधारणको भान्सा खर्च अकासिएको छ। ढुवानी खर्च र परल मूल्य नै बढेको भन्दै व्यापारीले खाद्यवस्तुमा आफूखुसी भाउ बढाएका छन्। यसले चाडपर्वको मुखमा सर्वसाधारण महँगीको मारमा परेका छन्।

विराटनगर, इटहरी, दमक, इलामलगायत ठाउँमा खाद्यवस्तुको मूल्य १० देखि ४० प्रतिशतसम्म बढेको छ। चामल, तेल, दाल, चिनी तथा तरकारीजस्ता अत्यावश्यक वस्तुको मूल्य बढेपछि सर्वसाधारण महँगीको चेपुवामा परेका हुन्।
चाडबाड नजिकिँदै जा“दा विराटनगरमा बजार मूल्य अकासिएको छ। दैनिक उपभोग्य वस्तुको भाउ सबैभन्दा ज्यादा बढेको छ । यस्तै, लत्ताकपडा, जुत्ताचप्पललगायत वस्तुको मूल्य पनि बढेको छ। ‘हरेक वस्तुको मूल्य बढेको छ’, विराटनगर–४ की मन्जु कार्कीले भनिन्, ‘दाल, चामल, तेल, तरकारी सबै चिजको मूल्य अकासिएको छ।’ सीमित आम्दानी भएका सर्वसाधारणलाई चाडबाड मान्न गाह्रो हुन थालेको उनले गुनासो गरिन्। ‘व्यापारीले मनपरी मूल्य बढाएर उपभोक्ताको ढाड सेके पनि नियमनकारी निकायले चासो नदेखाउ“दा समस्या भएको छ,’ उनले भनिन्।

विराटनगरमा चिनीको मूल्य प्रतिकिलो १० रुपैया“ बढेको छ। भाटभटेनी सुपरमार्केटले सहुलियत दरमा प्रतिबिल दुई किलो चिनी ५९ रुपैया“ले दिए पनि दुई किलोभन्दा बढी लिनुपरे ६९ रुपैया“ तिर्नुपर्छ। खुद्रा पसलेले ७५ देखि ८० रुपैया“सम्म लिने गरेका छन्। एक साताअघिसम्म विराटनगरमा ८५ देखि ९० रुपैया“सम्म पाइने मुसुरोको दाललाई अचेल सय रुपैयाँ तिर्नुपर्छ। विराटनगरका उपभोक्तालाई १० प्रतिशत छुटमा किराना सामान बिक्री गर्दै आएको भाटभटेनी सुपर मार्केटले पनि मुसुरोको दालको मूल्य ९८ रुपैया“ प्रतिकिलोबाट बढाएर एक सय ११ रुपैया“ पु-याएको छ।

खाने तेलमा पनि एक सातायता प्रतिलिटर १० रुपैया“ मूल्य बढेको छ। विराटनगरको गुद्री बजारका व्यापारी अभिषेक मण्डलका अनुसार खाद्यान्न र तरकारीको मूल्य सबैभन्दा धेरै बढेको छ। ‘खरिदमै मह“गो परेका कारण बजार मह“गिएको हो’, मण्डलले भने। चाडबाड नजिकिएस“गै विराटनगरमा तरकारीको मूल्य पनि बढेको छ। विराटनगरमा काउली प्रतिकिलो एक सय २० देखि एक सय ४० रुपैया“सम्म पर्छ। यस्तै गिनरी साग २० रुपैया“ पाउ, आलु ६० रुपैया“ किलो छ । अन्य तरकारी पनि उत्तिकै मह“गिएको छ।

इटहरीमा दैनिक उपभोग्य सामग्रीको मूल्य बढेको छ। यसले गर्दा न्यून आय भएका विपन्न परिवार मारमा परेका छन् । दुई महिनाअघिसम्म जिरा मसिनो चामल २५ किलोको बोरा एक हजार पाँच सय ५० रुपैयाँमा पाइन्थ्यो। अहिले होलसेल सय रुपैयाँ बढाइएको छ। यही चामल किराना पसलले थप मूल्य बढाएर बेच्छन्। इटहरी–४ हलगढास्थित लक्ष्मी किराना पसलमा २५ किलोको एक बोरा जिरा मसिनो चामल एक हजार सात सयमा बेच्ने गरेको सञ्चालक रघुवीर तामाङले बताए । मुख्य बजारभन्दा भित्री क्षेत्रमा थप मूल्य बढाएर चामल बिक्री गर्ने गरिएको छ।

मनसुली चामलको मूल्य २५ किलो बोराको पहिला एक हजार दुई सय रहेकोमा अहिले पसलैपिच्छे फरक भाउ छ। न्यु दुर्गा स्टोरमा एक सय, सुबोध किराना पसलमा दुई सय र हलगढाको लक्ष्मी किराना पसलमा तीन सयसम्म बढेको पाइयो। अनावश्यक र अस्वाभाविक मूल्य वृद्धि गर्ने क्रममा होलसेल पसलले सूर्यमुखी तेल कार्टुनमा तीन सय रुपैयाँसम्म मूल्य बढाएका छन् । खुकुरी ब्रान्ड तोरीको तेल कार्टुनमा दुई सय रुपैयाँ बढेको छ । चिनीको मूल्य ६२ रहेकोमा अहिले होलसेल पसलमै कतै ६८ र कतै ७० रुपैयाँ प्रतिकिलोमा बेच्ने गरेको पाइयो । इटहरीको भित्री ग्रामीण क्षेत्रमा ७० देखि ८० रुपैयाँ प्रतिकिलोमा बिक्री हुन्छ।

दाल रहर प्रतिकिलो ९० बाट बढेर एक सय र मुङ एक सय २५ बाट एक सय ४० पुगेको छ। यस्तै, किलोको ३५ रुपैयाँमा पाइने आटाको भाउ पसलैपिच्छे पाँचदेखि १० रुपैयाँसम्म बढी लिने गरेको पाइएको छ।

चार सय रुपैयाँ रहेको जिरालाई अहिले कतै पाँच सय त कतै त्यसभन्दा बढी तिर्नुपर्छ। धनियाँको भाउ ८० रुपैयाँबाट बढाएर सय रुपैयाँ किलो पु¥याइएको छ । मैदा किलोमा १३ देखि १५ रुपैयाँसम्म महँगिएको छ। चना ८० बाट बढेर किलोको सय रुपैयाँ पुगेको छ । ‘पछिल्लो एक महिनामा दैनिक उपभोग्य वस्तु सबैको मूल्य बढेको छ,’ इटहरीस्थित न्यु दुर्गा स्टोरका सञ्चालक राज अग्रवालले भने, ‘ग्राहकले बाध्य भएर किनिरहेका छन्।’

झापाको बजार पनि अचाक्ली महँगिएको छ। स्वदेशी आलु किलोको ५० देखि ६० रुपैयाँमा पाइन्छ भने भारतीय आलुको ३२ रुपैयाँ पर्छ। आलुमा अस्वाभाविक रूपमा महँगिएको होटल सञ्चालक कमल सापकोटाले गुनासो गरे । ‘अरू सब्जी त झनै छोई नसक्नु छ,’ उनले भने। नियमित रूपमा बजार अनुगमन नहुँदा सब्जीको मूल्य व्यवसायीले बढाएको गृहणीको अनुमान छ। दमक–५ की गृहणी रचना बुढाथोकीले मूल्यवृद्धि नियन्त्रण गर्न स्थानीय सरकार चुकेको बताइन्। ‘सब्जी जसरी ल्याओस्, एउटा मूल्य सूची हुँदैन, व्यवसायी आफैं बसेर मूल्य तोक्छन्,’ उनले भनिन्, ‘यसले हामीलाई सोझै असर पुगेको छ।’

सब्जीको मूल्यवृद्धिले अन्यत्रसमेत असर गरेको छ। होस्टल ग्योलेक्सीका सञ्चालक नवीन योगीले एक सातामा एउटै सब्जीको मूल्य चारपटकसम्म बढ्ने गरेको बताए। ‘दसैंको मुखमा यसरी सब्जीको मूल्य बढेपछि गाह्रो भएको छ,’ उनले भने, ‘अनुगमन सयन्त्रले प्रभावकारी रूपमा काम गर्न सकेको छैन।’ झापाको बजारमा फर्सी किलोको ४०, टमाटर ५०, अदुवा सय रुपैयाँ, धनियाँ २० रुपैयाँ मुठा पर्छ। काँक्रा किलोको ३०, भिन्डी ५० र इस्कुस २० रुपैयाँ पर्छ। लसुन सय रुपैयाँ केजी छ । प्याजलाई ३६ देखि ४० रुपैयाँसम्म पर्छ।

पहाडी जिल्लामा पनि खाद्यान्नको भाउ बढाइएको छ। इलाम, पाँचथर र ताप्लेजुङमा तराई र भारतीय बजारबाट आउने खाद्यान्नको मूल्य बढेको हो। इलाम सदरमुकाम, फिक्कल, बिब्ल्याँटे, मंगलबारे, पशुपतिनगरलगायत सबै व्यापारिक केन्द्रमा तरकारीदेखि चिनीसम्मको मूल्य बढेको छ। व्यापारीका अनुसार चामलको भाउ धेरै नबढे पनि तेल, चिनी, चिउरा, आँटा, मैदालगायत सबै खाद्यान्नको भाउ बढेको छ। उद्योग वाणिज्य संघ समेतले व्यापारीले बढाएको भाउलाई आधिकारिकता दिएको छ।

इलाममा केही दिनअघिसम्म लिटरको एक सय २० रुपैयाँ पर्ने रिफाइन तेल अहिले एक सय ४५ पुगेको छ। सूर्यमुखी र तोरीको तेलमा पनि यही दरले मूल्य बढेको छ। प्रतिकिलो ५० रुपैयाँ पर्ने चिउराको ६० र ४५ रुपैयाँ पर्ने आँटाको ५० रुपैयाँ पर्छ । आँटा किलोको ५० बाट बढेर ५५ रुपैयाँ पुगेको छ। इलाम बजारका व्यापारी जीवन दाहालका अनुसार चामल र दालको भाउ नबढे पनि अन्य खाद्यान्नको भाउ बढेको छ। ‘हामीले किन्दा नै महँगो परेपछि भाउ बढ्छ नै,’ उनले भने, ‘तैपनि उद्योग वाणिज्य संघले तोकेको दरमै सामान बेचिरहेका छौं।’

असोज १० मा बसेको इलाम उद्योग वाणिज्य संघको बैठकले खाद्यान्नको मूल्य हेरफेर गरेको हो । संघले तोरीको तेल प्रतिलिटर एक सय ९०, सूर्यमुखी तेल एक सय ५५, चामल साधारण मन्सुली प्रतिकिलो ६०, सोना मन्सुली ५०, मन्सुली ग्रेडिङ जुनेली ६५ रुपैयाँ मूल्य तोकेको छ। त्यसैगरी, जिरा खुलाको प्रतिकिलो चार सय ५०, धनियाँ दुई सय ५०, मेथी एक सय २०, चिनी ७५, मुसुरो दाल सयदेखि एक सय १०, आयो नुन २५, चना एक सय १०, मटर ७० देखि ७५ र डाल्डा प्रतिकिलो एक सय ४० रुपैयाँ मूल्य तोकिएको छ। संघका अध्यक्ष आनन्द कट्टेलले अन्न उत्पादन हुने अन्तिम महिना भएकाले खाद्यान्नको भाउ बढेको बताए। ‘दसैंको मुखमा बढाएको होइन,’ उनले भने, ‘अन्न उत्पादन हुने सिजनको अन्तिम महिना भएकाले अरू बेलै पनि यो महिना मूल्य बढ्छ।’ अध्यक्ष कट्टेलले व्यापारीले आफ्नो परेको मूल्यका आधार बेच्न सक्ने दाम प्रस्ताव गरेकाले संघले त्यसैलाई स्वीकृतमात्र गरेको बताए।

पाँचथर र ताप्लेजुङमा पनि खाने तेल र चिनीको मूल्य बढेको छ। फिदिम बजारका पसलमा अहिले खाने तेला प्रतिलिटर १५ देखि २० रुपैयाँसम्म भाउ बढेको व्यापारीले बताए। चिनी, मैदा र आँटामा पनि मूल्य बढेको छ। ‘तेलहन, दलहनलगायत खाद्यान्नको भाउ बढेको छ,’ पाँचथर उद्योग वाणिज्य संघ अध्यक्ष दीपक नेपालले भने, ‘बजारमा खाद्यान्नको खपतचाहिँ खासै बढेको देखिँदैन।’

ताप्लेजुङमा पनि तेल र चिनीकै मूल्य अन्य खाद्यान्नभन्दा बढेको व्यापारीले जनाएका छन्। तेलमा प्रतिलिटर २० रुपैयाँ बढेको छ भने चामल र अन्य खाद्यान्नको चाहिँ उस्तै भाउ रहेको ताप्लेजुङ उद्योग वाणिज्य संघले जनाएको छ। ‘ढुवानी महँगो भएकाले भाउ त बढेकै छ तर सबैमा होइन,’ संघका उपाध्यक्ष दिनेश अधिकारीले भने।

जिल्ला प्रशासन कार्यालयले चाडबाडका बेला गर्ने बजार अनुगमनले केही प्रभाव पारे पनि वर्षाैंदेखि अनुगमनमा जे पाइन्थ्यो, अहिले पनि त्यही कमजोरी भेटिने गरेको छ। पसलमा म्याद गुज्रेका सामान, मूल्यसूची नराखेको जस्ता घटनामात्रै भेट्ने अनुगमन टोलीले मूल्यको बारेमा चाहिँ चासो देखाएको पाइँदैन। ‘बजार अनुगमन गरियो, मूल्यसूची राखेको छ कि छैन पनि हेरियो तर मूल्य घटबढचाहिँ हेरिएन,’ इलाम जिल्ला प्रशासनका अनुगमन अधिकृत देवीचरण फुँयाल भन्छन्, ‘हामीले चाहिँ दसैंमा मात्र होइन, अरूबेला पनि तीन–तीन महिनामा बजार अनुगमन गरिरहेका छौं।’ उनले कसैको उजुरी परे तत्काल पनि अनुगमन गर्ने गरेको बताए।

प्रकाशित: २१ आश्विन २०७५ ००:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App