महिलामाथिका हिंसा बढेपछि आत्मरक्षा तालिम

शनिबार, २० असोज २०७५, १९ : ३९ दिलबहादुर छत्याल

धनगढी - बलात्कार लगाएत महिलामाथि हुने अन्य हिंसा बढ्दै गएपछि सुुदुरपश्चिम प्रदेशको धनगढी रंगशालामा करिव १७ सय महिलाहरुले एकैसाथ आत्मरक्षा तालिम लिइरहेका छन्। निर्मला पन्तको बलत्कार पछि हत्या गर्ने पत्ता नलाग्नु र त्यसपछि पनि बलात्कारका घटना बढ्दै गएपछि समाजमा उत्पन्न त्रासका कारण किशोरी, युवती र महिलाहरुमा आत्मरक्षा तालिम लिने अभुतपुर्व उत्साह देखिएको छ। आयोजकले तालिममा १ हजारलार्इ सहभागी गराउने लक्ष्य लिएकोमा महिलाका लागी आत्मरक्षा शिविरमा १७ सय महिला सहभागि भएका छन्। तालिम लिनेमा विभिन्न बिद्यालयका कक्षा ७ देखि कक्षा १२ सम्मका किशोरी, क्याम्पसका छात्राहरु, संस्थामा आबद्ध महिला लगायत रहेका छन्। आत्मरक्षा तालिम लिनेमा १४ देखि २० वर्ष सम्मका किशोरीको संख्या बढी रहेको छ। यस प्रदेशमा बलात्कार लगायतका महिला हिंसाको बिरुद्धमा आत्मरक्षा तालिम दिइएको यो पहिलो पटक हो।

मुलुकमा दिनप्रति दिन बढ्दै गएको बलात्कार तथा महिला हिंसाको घटनालाई लक्षित गरी एक हप्ते आत्मरक्षा सम्बन्धी शिविर संचालन गरेको राष्ट्रिय गोजुरियो कराते दो संघ नेपालका महासचिव प्रकाश चन्दले बताए। ‘हामीले सोचेको भन्दा धेरै जना तालिम लिन आएका छन’ उनले भने,‘हामीले १ हजारको कोटा राखेका थियौ, १७ सय सहभागी भएका छन।’ ७ वटै प्रदेशमा आत्मरक्षा तालिम दिइने उनले बताए। 

निर्मलाको हत्या पछि पनि बढ्दै गएका बलात्कारका घटनाले समाजमा कति त्रास उत्पन्न उत्पन्न भएको छ भन्ने कुरा यो उत्साहपुर्ण सहभागिताले देखाएको महिला अधिकारकर्मी बिनु चौधरीले बताइन्।

निर्मलाको हत्या पछि पनि बढ्दै गएका बलात्कारका घटनाले समाजमा कति त्रास उत्पन्न उत्पन्न भएको छ भन्ने कुरा यो उत्साहपुर्ण सहभागिताले देखाएको महिला अधिकारकर्मी बिनु चौधरीले बताइन्। यो तालिममा सहभागी महिलाले अरुलाई पनि सिकाउने भएकाले यस्को प्रभाव समाजमा राम्रो पर्ने उनको बिश्वास छ।

बलात्कार लगायतका महिलामाथि हुने हिंसा आत्मरक्षा गर्ने साहस र क्षमता मिलोस भनेर तालिममा सहभागी भएकाे महिलाहरुले बताएका छन्। उनीहरु यो तालिम सिकेपछि आफु बिरुद्ध हुने हिंसाका बिरुद्ध जुध्ने र आत्मरक्षा गर्ने  क्षमता विकास हुने विश्वास लिएका छन्। ‘आज यो तालिममा सहभागी हुँदा अलि साहस बढेको छ, तालिममा सहभागि कैलाली बहुमुखी क्याम्पसकी छात्रा अनु कोइरालाले भनिन् 'केही कुरा सिकेर हिंसाका बिरुद्ध जुध्ने र आत्मरक्षा गर्न सकिने विश्वास लिएको छुँ।’ यस्तै सहभागी अर्की छात्रा पवित्रा केसीले बलात्कारका घटना बढेकाले आत्मरक्षा तालिमले सुरक्षित हुन सहयोग पुग्ने विश्वासका साथ तालिममा सहभागि भएकाे बताइन्।

तालिममा सार्वजनिक स्थान लगाएत घरपरिवार तथा आफन्तबाट हुने हिंसा तथा बलात्कार गर्न खोज्दा कसरी बच्ने लगायतका टिप्स सिकाइने राष्ट्रिय गोजुरियो कराते दो संघ नेपालका महासचिव तथा मुख्य प्रशिक्षक चन्दले बताए। यसैगरी तालिमका सहभागिलार्इ प्रहरी उपरिक्षक बिनोद घिमिरेले कानुनी प्रावधान र प्रहरी उजुृरी दिने तरिकाका वारेमा सिकाउने छन्। असौज २६ गतेसम्म संचालन हुने ७ दिने शिविरको मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका थिए। कार्यक्रममा बाेल्दै मुख्यमन्त्री भट्टले बलात्कार घटना बढेको उल्लेख गर्दै यसलाई न्युनिकरण गर्न प्रदेश सरकार गंभिर रहेको बताए। 

 











यसमा तपाईको मत

अन्य समाचार

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad