coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कक्षा ११ को परीक्षाफल प्रकाशित, 'सी ग्रेड' ल्याउने धेरै

काठमाडौं- कक्षा ११ को परीक्षाफल प्रकाशित भएको छ। राष्ट्रिय परीक्षा वोर्डले आज परीक्षाफल प्रकाशन गरेको हो। ग्रेडिङ तर्फ कुल पाँच लाख ४८ हजार ४ सय ४५ विद्यार्थीले परीक्षा दिएका थिए। नियमित तर्फ तीन लाख ३२ हजार ८ सय ९१ ले सहभागिता जनाएका थिए भने आंशिक परीक्षा दिने ग्रेडिङ तर्फ १ लाख ७६ हजार ४९ हजार रहेका थिए।

यस्तै ननग्रेडिङ तर्फ आंसिक ३९ हजार ५ सय ५ जना विद्यार्थी थिए। ननग्रेडिङ तर्फ १५ हजार तीन सय ३३ जना विद्यार्थी उत्तिर्ण भएका छन्।

जीपीए तर्फ १.६१ देखि २ जीपिए ल्याउने विद्यार्थीको संख्या धेरै रहेको छ। ९२ हजार पाँच सय ९३ विद्यार्थीले सी ग्रेड ल्याएका छन्।

३.६१ देखि ४ सम्म जीपीए ल्याउने ११ सय ४५ रहेका छन्। यो भनेको  ए प्लस हो।  जीपीए ३.२१ देखि ३.६  ल्याउने ८ हजार ९ सय ४९ रहेका छन्। यो भनेको ए ग्रेड हो। २.८१ देखि ३.२० जीपीए ल्याउने २४ हजार पाँच सय १५ रहेका छन्। यो बि प्लस हो।

२.४१ देखि २.८० जीपीए ल्याउने ४८ हजार ७ सय ३१ रहेका छन्। यो बि ग्रेड हो। २.०१ देखि २.४० सम्म सी प्लस ८६ हजार ७ सय ७० विद्यार्थीले ल्याएका छन्।

१.२१ देखि १.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ४१ हजार ४ सय ६ रहेको छ। यो डि प्लस हो। ०.८१ देखि १.२० डि ग्रेडमा ८ हजार १ सय २७ विद्यार्थी रहेका छन्। ० देखि ०.०८ जीपिएमा २० हजार ६ सय ८५ विद्यार्थी रहेका छन्। यो ई ग्रेड हो।

राष्ट्रिय परीक्षा वोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार एउटा विषयमा डि प्लस ल्याउने ले पनि ग्रेड बृद्धिको परीक्षा दिन पाउने छन्। मंसिर ८ गते हुने मौका परीक्षामा कुनै पनि एक विषयमा बि वा इ ग्रेड प्राप्त गरेका विद्यार्थीले पनि मौका परीक्षा दिने व्यवस्था गरिएको छ। नियन्त्रक शर्माले यस पटकको नतिजा सन्तोषजनक नरहेको भन्दै कमजोर विषयको ग्रेड वृद्धिमा ध्यान दिनुपर्ने बताए।

 

 

प्रकाशित: २० आश्विन २०७५ १२:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App