८ वैशाख २०८१ शनिबार
समाज

कुहिएको चामल, चाउचाउ र त्रिपालले बिग्रियो कर्णालीः मुख्यमन्त्री शाही

जुम्ला– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशको आत्मनिर्भरतालाई दाता तथा संस्थाहरुको वितरणमूखि  गतिविधिले सखाप पारेको बताएका छन्।

प्रेस सेन्टर र प्रेस चौतारी जुम्लाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै शाहीले विगतमा कर्णाली आत्मनिर्भर, स्वाधीन सम्पन्न रहेको तर हचुवाका भरमा चलेका संस्थाहरुले त्यस्तो सम्पन्नतालाई सखाप पारेको आरोप लगाए। ‘बिगतमा कर्णाली गरिब थिएन,’ शाहीले भने, ‘मार्सि चामलको भात काँसको थालमा मिठो मानेर खान्थ्ये, आफ्नै खेतिपातीले बाह्रै महिना गुजारा चलाउथेँ। गास, वास, कपासका आफ्नै प्रकारको पहिचान थियो।’ यस्तो अवस्थालाई संघसंस्थाहरुले विगारेको भनाई शाहीको थियो।

‘जो सुकैले नाकाबन्दी गर्दा पनि नुन बाहेकको अन्य कुनै अभाव महसुस हुन्थेन,’ मुख्यमन्त्री शाहीले भने, ‘त्रिपाल, चाउचाउ, कुहिएको चामल ल्याएर संघ संस्था हाबी भएपछि कर्णाली बिपन्नताको शिकार बन्यो, अहिले पुरै परिनिर्भरताको बाटोमा अघि बढेको छ।’

उनले हचुवाको भरमा चल्ने गैरसरकारी संस्था, योजना माग्न राजधानी धाउने संस्कार र समाजका विकासका नाममा मौलाईरहेको अनियमितता रोक्न अपरिहार्य रहेको बताए । ‘यिनलाई रोक्ने संयन्त्र नहुदासम्म कर्णालीको विकास संभव छैन,’ शाहीले भने, ‘यसका लागि कर्णालीको सरकार अहोरात्र खटिरहेको छ।’ 

कार्यक्रममा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले कर्णाली प्रदेशलाई देशकै नमुना र अब्बल प्रदेशका रुपमा स्थापित गर्ने बताए । उनले भने,“कर्णालीको विपन्नताको अहिलेको परिचय बदलेर विश्व मानचित्रमा सान्दार रुपमा प्रकट गर्न चाहान्छौँ । मौलिक मोडलका रुपमा प्रस्तुत गर्न चाहान्र्र्छाैै, समृद्ध कर्णाली प्रदेश सरकार बनाउने सपना साकार पारेरै छा्डछौँ।’

जुम्लालाई अन्तर्राष्ट्रिय पर्यटन केन्द्र बनाउछाैं

पत्रकार सम्मेलनमा शाहीले जुम्लालाई अन्तर्राष्ट्रिय पर्यटन केन्द्र बनाउने प्रतिवद्धता जनाएका छन। ‘जुम्ला प्रकृतिले दिएको अनुपम बरदान हो,’ उनले भने, ‘यसको सुन्दरतालाई विश्वसामु चिनाउनका लागि कर्णाली प्रदेश सरकारले छलफल अघि बढाईसकेको छ ।’

यसका लागि यो वर्ष विस्त्रित अध्ययन् प्रतिवेदन (डिपिआर) तयार हुने उनले बताए। ‘आगामी वर्ष कार्यन्वयन गरेर अघि बढ्र्छाैँ, समृद्धिको बीउ कर्णाली प्रदेशबाटै छर्छौ,’ मुख्यमन्त्री शाहीले भने,  ‘अहिलेको कर्णाली प्रदेशको अवस्था बिश्लेषण गछौँ, भाबि कर्णालीको रेखांकन गरेर समृद्धिको पाइला अघि बढाउँछाँै।’
रारा कर्णाली पर्यटन बर्ष २०७५ लाई सफल पार्नका लागि नाग्म गमगडी सडकलाई दुईलेनको बनाउने, उत्तरी नाका खोल्नको लागि चिनिया लगानीकर्तासँग सम्झौता गर्नेदेखि यहाँको कृषि प्रर्णालीलाई व्यवसायीकरण बनाउदै लग्ने कर्णाली प्रदेश सरकारले जनाएको छ । 

प्रकाशित: २० आश्विन २०७५ ०६:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App