coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

किसानलाई कृषि उपकरण

किसानलाई कृषि औजार प्रदान गर्दै गाउँपालिका प्रमुख भूपेन्द्र राई ।   तस्बिर : नागरिक

खोटाङ – खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले किसानलाई हाते ट्याक्टर वितरण गरेको छ। सदियौंदेखि हलो जोतेर खेतीपातीका काम गर्दै आएका किसानलाई गाउँपालिकाले जमिन जोत्ने हाते ट्याक्टर निशुल्क वितरण गरेको हो।

७ वडा रहेको गाउँपालिकाले प्रतिवडा एक कृषक समुहलाई एक–एक थान हाते ट्याक्टर प्रदान गरेको जनाएको छ। कृषि पेशालाई प्रविधिमैत्री बनाउँदै औद्योगिकरणका लागि किसानलाई हाते ट्याक्टर वितरण गरिएको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका प्रमुख भूपेन्द्र राईले बताए।

कृषि क्षेत्रमा उत्कृष्ट काम गरिरहेका कृषक समुहलाई छनौट गरेर शुक्रबार कृषि औजार प्रदान गरिएको गाउँपालिकाले जनाएको छ। यस्तै, हरेक वडाका तीन–तीन कृषक समुहलाई मकै छोडाउने मेज थ्रेसर मेसिन प्रदान गरिएको छ।

गाउँपालिकाले प्रत्येक वडामा बालीनाली लगाउनका लागि माटो परिक्षण गर्न वडामा कार्यरत जेटिएलाई माटो परिक्षण गर्ने मेसिन पनि वितरण गरेको छ। आर्थिक वर्ष २०७४–०७५ मा कृषक लक्षित कार्यक्रमका लागि विनियोजित ८ लाख २५ हजारको बजेटले कृषि उपकरण खरिद गरेर किसानलाई प्रदान गरिएको गाउँपालिका प्रमुख राईले बताए। 

प्रकाशित: २० आश्विन २०७५ ०६:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App