coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

घरमै बसेर सुचना लिन सकिने

धादिङ – धादिङको गजुरी गाउँपालिकाबाट प्रदान हुने सेवा प्रवाहको सुचना तथा जानकारी अब सेवाग्राहीले घरमै बसेर लिन सक्ने भएका छन्। गजुरी गाउँपालिकाले अडियो नोटिस बोर्ड सुरु गरेसँगै गाउँपालिकाको सेवा सुविधा सम्बन्धी सुचनाहरू सेवाग्राहीले घरमै बसेर आफ्नो फोन तथा मोवाइलमा सुन्न सक्ने भएका हुन्।

गाउँपालिकाबाट जारी हुने सुचनालाई सहज पहुँचका लागि फोनबाट निशुल्क दिने व्यवस्था मिलाएको गजुरी गाउँपालिकामा सुचना प्रविधि अधिकृत विवेक नेपालले जानकारी दिए। गाउँ गाउँमा सिंहदरवार नारा दिएर स्थानीय तहको निर्वाचन सम्पन्न भए पश्चात स्थानीय सरकारले जनताको ढाड सेक्ने गरी करको दायरा र रकम बढी असुलेको आरोप खेपिरहेका बेला गाउँपालिकाले यस्तो व्यवस्था गरेको हो। 

आफ्ना पालिकाक्षेत्रभित्रका नागरिकलाई गाउँपालिकाको सुचनामा सहज पहुँच पुर्याउन अडियो नोटिस बोर्ड सञ्चालनमा ल्याइएको गजुरी गाउँपालिकाले जनाएको छ। ‘गाउँगाउँमा सिंहदरबार नारासहित जनतालाई सहज, सरल किसिमले सुचना प्रवाह गरेका छौँ, पालिकाका उपाध्यक्ष सीता ढुङ्गानाले भनिन, ‘ग्रामीण बस्तीका नागरिकको वेवसाइट, पत्रपत्रिका, रेडियो, टेलिभिजनमा पहुँच नहुने र पहुँच भएपनि पढन् नसक्नेलाई ती सामाग्री अव्यवाहारिक हुने भएकाले अडियो नोटिस बोर्ड सञ्चालनमा ल्याइएको हो।’

नागरिकहरुले फोन गरेर गाउँपालिकाको सुचना घरबाटै वा काम गर्दागदै पाउन सक्छन्। नागरिक सुचना प्राप्त गर्नबाट नछुटुन भनेर धादिङमै गजुरी गाउँपालिकाले पहिलो बाट अडियो नोटिस बोर्ड सञ्चालनमा ल्याएको पालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले बताए। अडियो नोटिस बोर्डमा ३ मिनेट सम्मको सुचना आवाज रेर्कड गराएर राखिएको हुन्छ। नहटाएसम्म वा अर्को सुचना अफलोड नगरेसम्म अघिल्लो सुचना सुन्न सकिने सुचना प्रविधि अधिकृत विवेक नेपालले बताए। गाउँपालिकाबाट जारी गरिने सुचना नागरिकहरूले निशुल्क आफु बसेकै स्थानबाट पाउँछन्। यसको लागि निशुल्क टेलिफोन नम्वर १६१८०१०४०२१४५ मा डायल गर्नुपर्ने छ।

नम्बर डायल गरेपछि गजुरी गाँएपालिकाको अडियो नोटिस बोर्ड सेवामा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौ भन्ने आवाज सुनिन्छ, त्यसपछि सुचना सुन्न सक्ने व्यवस्था मिलाइएको छ। अडियो नोटिस बोर्डको विषयमा सर्वसाधारण नागरिकहरुको प्रतिक्रिया अनुसार परिमार्जन गर्दै लगिने गाउँपालिकाले जनाएको छ। केही समयपछि डिजिटल प्रविधिमा अडियो नोटिस बोर्ड सञ्चालन गर्ने तयारी भइरहेको सुचना प्रविधि अधिकृत नेपालले जानकारी दिए।

गाउँपालिकाले कार्यालयबाट प्रवाह हुने १० प्रकारका सिफारिस निशुल्क प्रदान समेत गरेका छन्। नागरिकता प्रमाणपत्र तथा प्रतिलिपी प्राप्तिका लागि गरिने सिफारिस, जन्मदर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद, मृत्यु दर्ता लगायतका घटना दर्ताहरू निशुल्क रुपमा दर्ता हुने व्यवस्था गरेको छ। त्यसैगरी ज्येष्ठ नागरिक, अपाङगता, दीर्घरोगी, असहाय र गरिब जनताको लागि गरिने स्वास्थ्य सम्बन्धी विभिन्न सिफारिस, छात्रवृत्ती प्राप्तिका लागि सिफारिस, मृतकसँगको नाता प्रमाणीत, अपाङ्गता, आर्थिक अवस्था कमजोर, अदालती प्रकृयाका लागि शुल्क मिनाह, नाबालक तथा प्राकृतिक प्रकोपबाट क्षती भएको घर पाताल सम्बन्धी सिफारिसहरू सेवाग्राहीले निशुल्क पाउने गाउँपालिकाका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतले जानकारी दिए।  

प्रकाशित: २० आश्विन २०७५ ०५:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App