रोनाल्डोविरुद्धको आरोपले नाइकलाई संकट

शनिबार, २० असोज २०७५, १० : ५१ एजेन्सी

मिलान – खेलकुद सामग्री निर्माता अमेरिकन कम्पनी नाइकले पोर्चुगलका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोविरुद्ध लागेको बलात्कारको आरोपमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । रोनाल्डोविरुद्ध लागेको आरोपको फाइल अमेरिकन प्रहरीले फेरि अनुसन्धानका लागि बाहिर ल्याउँदा इटालियन क्लब युभेन्ट्सको स्टक बजारमा शेयरसमेत पाँच प्रतिशतले घटेको छ। 

पोर्चुगलका स्टार रोनाल्डोलगायत विश्व चर्चित खेलाडीलाई अमेरिकन कम्पनी नाइकले प्रायोजन गर्ने सम्झौता गरेको छ । लास भेगासको पुलिसले २००९ मा पूर्वमोडल क्याथरिन मायोर्गामाथि बलात्कार भएको मुद्दा अनुसन्धानका लागि यसै साता उठाउँदा अमेरिकन कम्पनी नाइकसँगको रोनाल्डोको सम्बन्ध केही संकटमा परेको छ । रोनाल्डोले खेलकुद पोसाक कम्पनी नाइकसँग एक अर्ब अमोरिकी डलरको सम्झौता गरेका थिए। 

‘रोनाल्डोविरुद्धको यौन शोषणको मुद्दाले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ र यस विषयलाई हामीले सूक्ष्म अध्ययन गरिरहेका छौं,’ नाइक कम्पनीका प्रवक्ताले बिहीबार भने । खेलकुद पोसाक कम्पनी नाइकले रोनाल्डोसहित दुई बास्केटबलका खेलाडीसँग आजीवन प्रायोजन सम्झौता गरेको फोब्र्स पत्रिकाले जनाएको छ । सम्झौता गर्ने रोनाल्डोबाहेक बास्केटबलका लेब्रोन जेम्स र माइकल जोर्डन रहेका छन्। 

यसै सिजन स्पेनिस क्लब रियाल मड्रिडबाट इटालियन क्लब युभेन्ट्समा पुगेका रोनाल्डोले टोलीका लागि उत्कृष्ट खेल्दै जारी च्याम्पियन्स लिगको उपाधि होडमा आफ्नो टोलीलाई बलियो साबित गराउन सफल भएका छन् । इटालियन च्याम्पियन युभेन्ट्सले १९९६ पछि च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन् । उक्त समयमा युभेन्ट्सको स्टक बजारमा १ सय ८० प्रतिशतले शेयरको मूल्य वृद्धि भएको थियो भने रोनाल्डोको यौन काण्डको चर्चा बजारमा आउँदा शुक्रबार मूल्य ह्वातै घटेको हो।  

रोनाल्डोको मुद्दाबारे युभेन्ट्स टाढै रहे पनि केही समर्थकले भने रोनाल्डोको आलोचना गरेका छन् । बलात्कारको मुद्दालाई बेवास्ता गर्दै युभेन्ट्सले बिहीबार रोनाल्डोले देखाएको व्यावसायिकता र समर्पणलाई सबैले अँगाल्नुपर्छ भन्दै सामाजिक सञ्जाल ट्विटरमा उल्लेख गरेको थियो । साबिकको सिरी ‘ए’ विजेता युभेन्ट्सले ‘आश्चर्यजनक र आधारहीन’ भन्दै गरेको ट्विटको सर्वत्र आलोचना भएको थियो। 

युभेन्ट्सजस्तो ठूलो क्लबले बलात्कारजस्तो घटनामाथि रोनाल्डोको बारेमा नबुझी बोल्नु गैरजिम्मेवार भएको एउटा ट्विटमा लेखिएको छ । तर यस आरोपलाई रोनाल्डोले अस्वीकार गर्दै आएका छन्। 

‘मविरुद्ध लगाइएको आरोप अस्वीकार्य छ,’ रोनाल्डोले बुधबार ट्विट गरेका छन् । ‘बलात्कार अमानवीय अपराध हो, यस्तो कार्य अपराध हो भन्ने मेरो पनि विश्वास छ । म यसबारे सचेत छु,’ ७५ लाख फलोअर्स रहेको ट्विटमा यस्तो उल्लोख गरेका छन् । पोर्चुगलले बिहीबार रोनाल्डोले आउँदा चार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नखेल्ने जनाइसकेको छ। 

रोनाल्डोविरुद्धको बलात्कारको घटनाको बारेमा प्रशिक्षक फनान्र्डो सान्तोसलाई सोधिएको प्रश्नमा उनले रोनाल्डोको बचाउ गरेका थिए ।  ‘रोनाल्डो राम्रा र विश्वासिला खेलाडी हुन् । मेरो पूर्ण विश्वास छ, उनले यस्तो आपराधिक घटनामा सामेल भएका छैनन्,’ प्रशिक्षक सान्तोसले भने। 

बलात्कारको घटना सार्वजनिक नगर्ने सर्तमा २०१० मा २ लाख अमेरिकी डलर दिँदै सम्झौता पत्रमा हस्ताक्षर गर्न लगाएको पूर्वमोडल क्याथरिनले दाबी गर्दै आएकी छिन्। 

 







यसमा तपाईको मत

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad