७ वैशाख २०८१ शुक्रबार
खेल

वेस्ट इन्डिजमाथि भारतको दबाब

राजकोट – बलरहरुले अनुशासित प्रदर्शन गरेपछि भारतले पहिलो टेस्टको पहिलो इनिङमा शुक्रबार वेस्ट इन्डिजलाई पूर्ण रुपमा दबाबमा राखेको छ । दोस्रो दिनका खेल समाप्तिमा वेस्ट इन्डिज ९४–६ मा खेलिरहेको छ र टोली अझै भारतभन्दा ५ सय  ५५ रनले पछि छ।

रोस्टन चेस अविजित २७ र किमो पाउल अविजित १३ रनमा खेलिरहेका छन् । ३८ बल खेलेका चेसले ४ चौका प्रहार गर्दा १५ बलको सामना गरेका पाउलले १ चौका र १ छक्का प्रहार गरे । चेस र पाउलले साताैं विकेटका लागि २० रनको साझेदारी गरिसकेका छन्।

२ रन जोड्दा ओपनर तथा कप्तान क्रायग ब्राथवाइटलाई गुमाएको वेस्ट इन्डिजले थप ५ रन जोड्दा अर्का ओपनर काइरेन पावेललाई गुमाएको थियो । ब्राथवाइटलाई बोल्ड गरेका मोहम्मद सामीले पावेललाई एलबिडब्लुको सिकार बनाएका थिए । त्यसपछि  आएका अन्य ब्याट्सम्यानले सम्हालिएको प्रदर्शन गर्न नसक्दा वेस्ट इन्डिजको इनिङ धराशयी बनेको थियो ।
भारतका सामीले २ तथा कुलदीप यादव, रविचन्द्रन आश्विन र रवीन्द्र जडेजाले समान १ विकेट लिए।

यसअघि भारतले ६४९–९ मा पहिलो इनिङ समाप्तिको घोषणा गरेको थियो । ३६४–४ बाट दोस्रो दिनको खेल सुरु गरेको भारतले थप ३ सय ५ रन जोड्दै पहिलो इनिङ समाप्तिको घोषणा गरेको थियो । भारतका लागि कप्तान विराट कोहलीले १ सय ३२ रन जोड्दा जडेजाले अविजित १ सय ऋषभ पन्तले ९२ रनको योगदान गरे।

कोहली र पन्तले पाँचाैं विकेटका लागि १ सय ३३ रनको साझेदारी गरेका थिए भने कोहली र जडेजाले छैटाैं विकेटका लागि ६४ रनको साझेदारी गरेका थिए । २ सय १० बल खेलेका कोहलीले १० चौका प्रहार गर्दा १ सय १३ बलको सामना गरेका जडेजाले ५ चौका र ५ छक्का प्रहार गरे । त्यस्तै पन्तले ८४ बलमा ८ चौका र ४ छक्का प्रहार गरे।

प्रकाशित: २० आश्विन २०७५ ०४:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App