८ वैशाख २०८१ शनिबार
समाज

जुवा खालमा प्रहरीको छापा : घरको दुर्इ तल्लामाथिकाे झ्यालबाट भाग्न खोज्दा दुईकाे मृत्यु, २३ पक्राउ

काठमाडौं – काठमाडौंको मूलपानीमा गएराति प्रहरीले एक जुवा घरमा छापा मारेको छ। अवैध रुपमा सञ्चालित जुवा घरमा छापा मार्नेक्रममा घरको दुर्इ तल्लामाथिकाे भान्सा काेठाकाे झ्यालबाट भाग्न खोज्दा खसेर दुई जुवाडेकाे मृत्यु भएकाे छ भने तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा सरोज घले र सानुलाल तामाङ छन्। घाइतेहरुको ग्वार्कोस्थित विएण्डबी हस्पिटलमा उपचार भइहरको छ।

यस्तै प्रहरीले २३ जना जुवाडेलार्इ पक्राउ गरेकाे छ। जुवा खेलाउने मुख्य नाइके हेमा गुरूङ भने फरार छन्। मृतक साेमलाल तामाङका ज्वार्इ साइला लामाका अनुसार भान्सा काेठाकाे दराज, गलैचा र भूइमा रगत लतपतिएकाे छ। उनले भान्सामा कुटपिट गरेर अाफ्नाे जेठान र अन्यलार्इ प्रहरीले झ्यालबाट फ्याकेकाे अाराेप लगाएका छन्।

घर धनी तेन्डु शेर्पाकी श्रीमतीले प्रहरीले अप्रेसनलार्इ कभ्रेज गर्न नसक्दा अप्रिय घटना घट्न पुगेकाे बताइन्। उनका अनुसार घरमा एकै पटक प्रहरी बैठक काेठामा छिरेका थिए। सुरूमा केही प्रमरी भित्र छिरेपनि उनीहरूले कसैलार्इ बाहिर ननिस्कन भनेका थिएनन्। उनले दुर्इ दिन अघिबाट त्यहाँ जुवा खेलाउन थालिएकाे बताइन्। बिहीबार राति पनि जुवा खेल्न अाएकाेमा घर धनीले घरमा खेल्न नदिने भनेपछि फरार हेमाले अाज मात्र हाे भाेलीबाट खेलाउँदिन भनेकाे घर धनीले बताए। घर धनी र हेमाकाे अाफन्त हुन्। दुबैकाे पुर्खेउली घर दाेलखा हाे।

सादा पोसाकमा खटिएको डीएपी होबिन्द्र बोगटी नेतृत्वको टोलीले उक्त जुवा घरमा छापा मारेको हो। घटना स्थलमा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त लामा र एसपी अशोक सिंह समेत पुगेका थिए।

घटना स्थललाई नियन्त्रणमा लिनको लागि बौद्ध प्रहरी, बानेश्वर प्रहरी र गौशालाबाट समेत प्रहरी परिचालन गरिएको थियो।

प्रकाशित: २० आश्विन २०७५ ०१:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App